सप्तरी, १५ वैशाख : सप्तरीको डाढा गाविस वडा नम्बर २ स्थित डाढा टोलमा आगलागी हुँदा २३ घर जलेर नष्ट भएका छन् । स्थानीय रामनारायण खङ्गको गाई गोठबाट सल्केको आगोले पुरै बस्ती सखाप पारेको हो । राजविराजबाट गएको वारुणयन्त्र, प्रहरी र स्थानीय वासिन्दाको प्रयासमा आगो निभाईएको थियो । आगलागीबाट ३० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ ।
प्रहरी र गाउँलेबीच सप्तरीको प्रहरी चौकी तरहीमा झडप भएको छ । गएराति भएको झडपका क्रममा प्रहरीसमेत आधा दर्जन गाउँले घाइते भएका छन् । दुई पक्षबीचको विवादमा एउटा पक्षलाई नियन्त्रणमा लिएपछि आक्रोशित तरही–८ का दलित मुसहर जातिका व्यक्तिहरूले प्रहरी चौकीमा हमला गरेको प्रहरीले जनाएको छ । उनीहरुले प्रहरी चौकीको घेराबारमा समेत तोडफोड गरेका छन् ।
सप्तरी, २० चैत : सप्तरीको विभिन्न स्थानबाट प्रहरीको विशेष टोलीले पाँच जना तस्कर सहित ठूलो परिमाणमा सालको काठ पक्राउ गरेको छ । सप्तरीको भंगहा गाविस वडा नं. ७ बाट गएराती ६० क्युव. फिट काठ र ११ थान साईकलसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सप्तरी, ७ चैत : जनतान्त्रिक तराई पार्टी मधेशले पार्टीका अध्यक्ष क्रान्ति भनिने बीरेन्द्र साहको संयोकत्वमा वार्ता टोली गठन गरेको छ । आज सप्तरीमा जनतान्त्रिकले पत्रकार सम्मेलन गरी वार्ता टोली सार्वजनिक गरेको हो । गठित वार्ता टोलीका सदस्यमा पाँ सदस्य छन् ।
राजविराज, २० फागुन : प्रधानाध्यापकको नियुक्तिको माग राख्दै सर्वोदय उच्चमावि कञ्चनपुरमा जारी आमरण अनशनप्रति ऐक्यबद्धता जनाउँदै आज स्थानीयवासीले चक्काजाम गरेका छन् । चक्काजामका क्रममा गृहगाउँ कञ्चनपुर आउनुभएका वातावरण मन्त्री हेमराज तातेडको गाडीसमेत प्रदर्शनकारीले रोकेर अबरोध गरेपछि उहाँ गाडी छाडेर पैदल नै हिँड्नुभएको थियो ।