Tuesday, 22 May 2012 04:51 pm, Nepal

चट्याङ लागेर बालकको मृत्यु

मेचीकाली : 2011-10-09 10:49:39

राजविराज, २२ असोज : खोटाङको बुईपा गाविस–८ निवासी गणेश भट्टराईको घरमा शनिबार एक्कासि चट्याङ पर्दा उनका छोरोको मृत्यु भएको छ ।चट्याङबाट भट्टराईका ९ वर्षीय छोरा रमेश भट्टराईको मृत्यु भएको अञ्चल प्रहरी कार्यालय राजविराजले जनाएको छ । चट्याङ लागेर अन्य पाँचजना घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

पुरा पढ्नुहोस्

अपहृत विद्यार्थी मुक्त

मेचीकाली : 2011-09-28 19:00:30

राजविराज, ११ असोज : तीन दिनअघि अपहृत जगदम्बा टेक्निकल इन्स्टिच्युटमा सिएमए अध्ययनरत बासुदेब राम सकुशल मुक्त भएका छन् ।जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरीले विशेष सक्रियताका आधारमा बनौली–९ निवासी २० वर्षीय रामलाई सकुशल मुक्त गराएको जनाएको छ । रामको गत असोज ८ गते महुली नदीको पुलबाट अज्ञात समूहले अपहरण गरी रु पाँच लाख फिरौती माग गर्दै आएका थिए ।

पुरा पढ्नुहोस्

मातृका माओवादीका प्रवक्ता निष्कासित

मेचीकाली : 2011-09-20 13:52:30

-एकीकृत माओवादीविरुद्ध भण्डाफोर गरिने

राजविराज, ३ असोज : मातृका यादवको नेतृत्वमा रहेको नेकपा माओवादीले  पार्टी प्रवक्ता भरतलाई पार्टीबाट निष्कासन गरेको छ । राजविराजमा आज सम्पन्न केन्द्रीय तदर्थ समितिको बैठकले पदको दुरुपयोग गरी पार्टी नीति विपरीत गतिविधिमा लागेकाले प्रवक्ता भरतलाई छ महिनाका लागि निष्कासन गरेको हो । पार्टीद्वारा आज जारी विज्ञप्तिमा एकीकृत नेकपा ९माओवादी०लाई प्रतिक्रान्तिको मतियारको सङ्ज्ञा दिँदै असोज ९ गते एमाओवादीको भण्डाफोर गर्न देशव्यापी विरोध प्रदर्शन गर्ने जनाइएको छ ।

पुरा पढ्नुहोस्

एउटै गाविसका तीन मन्त्री

मेचीकाली : 2011-09-16 19:52:55

सप्तरी, ३० भदौ : वर्तमान मन्त्रिपरिषद्मा सप्तरीको एउटै गाविसबाट तीनजना मन्त्री बन्नुभएको छ ।    त्यसमा पनि दुईजना एकै वडाका वासिन्दा हुनुहुन्छ भने दुबैजनालाई एउटै पार्टीबाट मन्त्री बन्ने संयोग जुटेको छ । वर्तमान सरकारमा सप्तरीको कञ्चनपुर गाविसबाट तीनजना मन्त्री बन्न सफल भएका छन् ।

पुरा पढ्नुहोस्

गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको विकास हुन सकेन

मेचीकाली : 2011-09-03 11:02:54

सप्तरी, १७ भदौ : सप्तरीमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र स्थापनाको २४ वर्ष बितिसक्दा पनि उक्त क्षेत्रमा उद्योग व्यवसायले फड्को मार्न सकेको छैनन् । दसवटा उद्योग सञ्चालन हुने क्षमता रहेको यस औद्योगिक क्षेत्रमा पाँच वर्षअघिसम्म दुईवटा साना उद्योग सञ्चालन भए पनि राजविराज औद्योगिक क्षेत्रको नाम परिवर्तन भएर बनेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा अहिले एउटा पनि उद्योग सञ्चालनमा छैनन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु