Saturday, 22 September 2018 05:29 pm, Nepal

सात स्थानीय तहको पहिलो किस्ताको रकम रोक

मेचीकाली : 2018-09-12 13:10:44

दोलखा, २७ भदौ : आर्थिक विवरण नबुझाउँदा दोलखाका सात वटा स्थानीय तहको चालु वर्षको पहिलो किस्ताको रकम रोकिएको छ । दुई नगरपालिकाले गत आर्थिक वर्षको आर्थिक विवरण बुझाई पहिलो किस्ताको रकम निकासा लगिसकेपनि जिल्लाका ७ वटा गाउँपालिकाले भने गत वर्षको आर्थिक विवरण नै बुझाएका छैनन् ।

पुरा पढ्नुहोस्

दोलखामा एकसय ३ जना बालबालिका विद्यालय बाहिर

मेचीकाली : 2018-05-25 08:58:36

दोलखा, ११ जेठ : दोलखाका ६ वटा स्थानीय तहका एकसय ३ जना बालबालिका अझै विद्यालय बाहिर छन् । जिल्लामा विद्यालय जाने उमेर समूहका एकसय ३ जना विद्यार्थी विभिन्न कारणले विद्यालय बाहिर रहेका जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ दोलखाका सुचना अधिकारी भक्तबहादुर गोदारले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

प्रसारण लाइन अलपत्र

मेचीकाली : 2018-04-07 15:56:56

चरिकोट, २४ चैत : सिंगटी– लामोसाँघु प्रसारण लाइन अहिले अलपत्र अवस्थामा रहेको छ ।दुई वर्षमा पूरा गर्ने गरी आठ वर्षअघि ठेक्का सम्झौता भएको उक्त आयोजना अहिलेसम्म पुरा हुन नसक्दा अलपत्र अवस्थामा रहेको हो । प्रसारण लाइन नबन्दा सिप्रिङ खोला लगायतको बिजुली खेरगइरहेको छ भने यसबाट लगानीकर्ताले विगत पाँच वर्षदेखि करोडौं रुपैयाँको वार्षिक घाटा व्यहोर्दै आएको पनि छ ।

पुरा पढ्नुहोस्

दोलखामा ४.६ रेक्टरको परकम्प

मेचीकाली : 2018-03-02 13:52:13

काठमाडौँ, १८ फागुन : दोलखामा आज ४.६ रेक्टर स्केलको गोरखा भूकम्पको परकम्प गएको छ ।जिरी नजिकको श्यामा भन्ने स्थानको आसपास केन्द्रबिन्दु भई बिहान १० बजेर ५१ मिनेट जाँदा परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गत मंगलबार सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाई ४.३ रेक्टरको परकम्प गएको थियो । गत फागुन ९ गते बिहान काठमाडौँको डल्लु क्षेत्र आसपास केन्द्रबिन्दु भई ३.६ रेक्टरको परकम्प गएको थियो ।

पुरा पढ्नुहोस्

‘डन बस्को’ ले बनाइदियो विद्यालयको नौ कोठे पक्की भवन

मेचीकाली : 2018-01-25 14:12:28

दोलखा, ११ माघ : नेपाल डन बस्को सोसाइटी ठेचो ललितपुर शाखाको सहयोगमा विनाशकारी भूकम्पबाट पूर्ण क्षति भएको जलदेवी मावि काभ्रेमा करिव रु एक करोड ६४ लाखको लागतमा नौ कोठे आधुनिक तथा सुरक्षित पक्की आरसिसी ट्रस भवन निर्माण गरिएको छ । बैत्यश्वर गाउँपालिका–५ मा रहेको उक्त विद्यालयको भवन निर्माण सकिएपछि २८औँ वार्षिकोत्सव तथा ११औँ अभिभावक दिवसका अवसरमा नवनिर्मित भवन हस्तान्तरण गरिएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु