Tuesday, 22 May 2012 04:52 pm, Nepal

तामाकोसी जलविद्युत् आयोजनाको काम प्रभावित

मेचीकाली : 2011-12-30 11:41:38

दोलखा, १५ पुस : पहिरोको कारण प्रवेश मार्ग अवरुद्ध भएपछि बहुचर्चित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम प्रभावित भएको छ । हिउँदे पहिरोको कारण दोलखाको लामावगर गाविससको गोगरदेखि लामाबगरसम्मको सडक विभिन्न स्थानमा अवरुद्ध भएपछि लामाबगर स्थित बाँधस्थलमा विभिन्न संरचना निर्माण कार्य रोकिएको आयोजनाका उप–प्रबन्धक विष्णुबहादुर थापाले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

खिम्ति आयोजनाका मजदुर आन्दोलनमा

मेचीकाली : 2011-12-17 18:26:15

दोलखा, २ पुस : दोलखाको किर्नेस्थित निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको खिम्ती जलविद्युत आयोजनाको सञ्चालक हिमाल पावर लिमिटेडले त्यहाँ कार्यरत ८९ जना कामदारलाई एकैपटक अवकास दिने निर्णयको विरोधमा अवकास पाएका मजदुरहरुले आन्दोलन सुरु गरेका छन् । ६० मेगावाट विद्युत् उत्पादन गर्दै आएको जलविद्युत् केन्द्रमा २०५७ सालदेखि कार्यरत ८९ जना मदजुरलाई पुस १ गतेदेखि अवकास दिने निर्णय गरेपछि मजदुरहरु आन्दोलनमा उत्रेका हुन् ।

पुरा पढ्नुहोस्

अपरिचित समूहको कुटपिटबाट हत्या

मेचीकाली : 2011-11-12 19:02:43

दोलखा, २६ कात्तिक : अपरिचित समूहको कुटपिटबाट दोलखाको जफे गाविसमा आज एक पुरुषको मृत्यु भएको छ । स्थानीय छौंडे बजारमा हाट हेर्न गएका जफे गाविस–६ का अन्दाजी ३५ वर्षका हरि पोखरेलको कुटपिटबाट मृत्यु भएको हो । हिजो छाँैडेमा लाग्ने हाट हेर्न भनी घरबाट निस्किएका पोखरेल कुटपिटबाट गम्भीर घाइते भएको र स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको छाँैडे प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

पशु चराएवापत चिनलाई बर्षेनी चौरीको घिउ

मेचीकाली : 2011-09-25 16:34:49

-दिल सागर

दोलखा, ८ असोज : लामाबगर–१ लप्चीका स्थानीयले हरेक वर्ष चिनीयाँ पक्षलाई समस्या पार्ने पशुचरिचरणवापत प्रतिचौरीको वार्षिक तीन धार्नी घिउ बुझाउनु पर्ने बाध्यता अझै भोग्दै आएका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा नजिक रहेको लप्चीबासीले आफ्नो ठाउँमा चरिचरणको अभाव भएकाले वर्षको केही समय सीमापारी चौरी चराउन लानु पर्छ लप्चीका कर्मा शेर्पाले भने ।

पुरा पढ्नुहोस्

छुट्टाछुट्टै घटनामा परी तीनको मृत्यु

मेचीकाली : 2011-09-22 20:00:40

दोलखा, ५ असोज : दोलखा जिल्लाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा परी तीनजनाको मृत्यु भएको छ । दोलखाको भीमेश्वर नगरपालिका–१२ मकैबारीमा गुडिरहेको बसबाट खसेर एक पूर्व सैनिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सो नगरपालिका–१३ साखिनेका अन्दाजी ५० वर्षीय प्रेमबहादुर बस्नेत रहेका  छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु