दोलखा, २८ जेठ : माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रवेश मार्गको स्तरोन्नति गरिरहेको चिनियाँ कम्पनी सिनो हाइड्रोको सामान चोरी गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भई हाल सिनो हाइड्रो कर्पोरेसनमा अपरेटरका रुपमा कार्यरत २६ वर्षका सुरजबहादुर गुरुङसहित चारजना रहेका छन् । अन्य तीन पनि सोही कम्पनीमा कार्यरत रहेको बताइए पनि नाम र ठेगाना भने प्रहरीले खुलाएको छैन ।
कल्याणी पाठक
दोलखा, १६ जेठ : नेपाल स्वास्थ्य
स्वयमसेवी संघ दोलखाले स्वास्थ्य स्वयंसेवी सम्वन्धी निति निर्माण गर्न
गराउन दवाव दिने भएको छ । संघले सोमबार सदरमुकाम चरिकोटमा पत्रकार सम्मलेनको
आयोजना गरी सरकारद्धारा सञ्चालन गरिएका खोप कार्यक्रम लगायतका अभियान र
कार्यक्रममा महत्वपूर्ण भूमिका खेलेका स्वयंसेवीलाई राज्यले न्यूनतम सेवा
सुविधा र खर्च समेत उपलव्ध नगराएको भन्दै संघले आन्दोलनको चेतावनी दिएको छ
।
दोलखा, १२ जेठ : दोलखा लामिडाँडा गाविस घर भइ हाल ललितपुर जिल्ला हरिसिद्धि गाविस बस्दै आउनु भएकि सविना दमाइले आमाको नामबाट आज नागरिकता पाउनु भएको छ । कुमारी आमाबाट जन्मेका सन्तानले पनि वशंजको आधारमा नै नागरिकता पाउने गरी सर्वोच्च अदालतले फैसला गरेपछि दोलखाकी सबिना दमाईले आज जिल्ला प्रशासन कार्यालय दोलखाबाट नागरिकता लिनु भएको हो ।
दोलखा, ११ जेठ : गिनिज बुक अफ वल्ड रेकर्डका लागि स्थायि शान्तिको कामना गर्दै काठमाडौँ देखि दोलखा सम्म उल्टो सवारी यात्रा गरिने भएको छ । काठमाडौँ देखि दोलखा भिमेश्वर मन्दिरसम्मको एकसय ३८ किलोमिटर लामो सडकमा दूई दिने व्याक गेयर शान्ति यात्रा गरिने भएको हो । दोलखा सदरमुकाम चरिकोटमा आज एक पत्रकार सम्मेलन गर्दै मुलुक हित नागरिक समाज मुनाफले सो जानकारी गराएको हो ।
कल्याणी पाठक
दोलखा, १० जेठ : सामाजिक
परीचालनका कार्यक्रम सञ्चालन भएका दोलखका ४१ वटा गाउँ विकास समितिमा
रिफ्लेक्ट कक्षा सञ्चालन हुने भएको छ । लक्षित वर्गलाई विकास निर्माण तथा
निर्णय प्रक्रियामा पहुँच वृद्धि तथा जीवनस्तर सुधारमा सहयोग पु¥याउन
नेपाल सरकारले देश भरी सामाजिक परिचालनका कार्यक्रमहरु संचालन गरेको छ ।
सोही अनुसार दोलखा जिल्लाका ४१ वटा गाविसमा पनि सामाजिक परिचालनको
कार्यक्रम संचालन गरिएको हो ।