रामेछाप, ३० चैत : रामेछाप जिल्लाका अधिकांश सरकारी कार्यालयहरु प्रमुखविहिन अवस्थामा रहेका छन् । जिल्लाका सरकारी कार्यालयहरु प्रमुखविहिन भएपछि सेवाग्राहीलाई सेवा लिनका लागि समस्या भएको छ । जिल्लामा रहेका २९ सरकारी कार्यालयहरु मध्ये अहिले आधा भन्दा बढी कार्यालयहरु प्रमुख विहिन छन् ।
रामेछाप, २० चैत : रामेछापको राकाथुम गाविस– ९ देवीथान डाँडामा हिजो साँझ मिनीट्रक दुर्घटना हँुदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । उपचारको क्रममा धुलिखेल अस्पतालमा खनियापानी गाविसका ईश्वरराज कोइरालाको मृत्यु भएपछि मर्नेहरुको सङ्ख्या तीन पुगेको हो । यसअघि दुर्घटनास्थमा नै दुईजनाको मृत्यु भएको थियो ।
रामेछाप, १६ चैत : रामेछापको सदरमुकाम मन्थलीलगायतका गाविसलाई लोडसेडिङमुक्त गाविस बनाउने काम सुरु भएको तीन वर्ष बितिसक्दा पनि काम सम्पन्न हुन सकेको छैन । सुनकोशी ३३ पख प्रसारण लाइनलाई जिल्ला भित्राएर मन्थली सव स्टेहनबाट लाईन वितरण गर्ने योजना अन्तर्गत काम सुरु गरेको ३ वर्ष बितिसक्दा पनि बत्ती बल्न नसकेको हो ।
रामेछाप, १५ चैत : उब्जनीको राम्रो संभावना देखेर समुह गठन गरेर तरकारी र फलफुल खेतीमा जुटे पनि सिचाईको अभावमा समस्या झेलिरहेका रामेछाप माकादुमका किसानलाई राहात मिलेको छ । जिल्ला कृषि विकास कार्यालयको आर्थिक सहयोगमा सिचाई कुलो निर्माण भएपछि उनीहरुलाई राहत मिलेको हो ।
रामेछाप–रामेछापको वेथान गाविस ५ मा रहेको डहु उच्च माविमा सूचना केन्द्र टेलिसेन्टर स्थापना भएको छ । टेलिसेन्टरको बुधबार आयोजित एक कार्यक्रमका बीच विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमलाले उद्घाटन गर्नुभएको छ । टेलिसेन्टरमा १८ वटा कम्प्युटर, एक थान फोटोकपी मेसिन, एक थान फ्याक्स मेसिन रहेको छ । कम्प्युटर विद्यालयका विद्यार्थीहरुले प्रयोग गर्न पाउने छन् ।