मन्थली, १९ भदौ
राष्ट्रिय वाणिज्य वैंक मन्थली शाखाले विद्यार्थी वित्तिय सहयोग कार्यक्रम
अन्तर्रगत यसबर्ष विभिन्न तहमा अध्ययनरत ३६ जना छात्रछात्राहरुलाई
छात्रवृत्ति वितरण गरेको छ । बैंकको उच्च शिक्षा परियोजना दोश्रो प्याकेज
कार्यक्रमले जिल्लाका जेहेन्दार तथा गरीव र पिछडिएको समुदायका
छात्रछात्राहरुलाई छात्रवृत्ति स्वरुपको रकम उपलब्ध गराएको हो । विश्व
वैंकको आर्थीक सहयोगमा यस बर्ष रामेछाप जिल्लाका विभिन्न विद्यालय एवं
क्याम्पसहरुमा अध्ययनरत उच्च माध्यमिक तथा स्नातक तहका छात्रछात्राहरुलाई
छात्रवृत्ति उपलब्ध गराइएको राष्ट्रिय बाणिज्य वैंक मन्थली शाखाका
प्रवन्धक कुशकुमार श्रेष्ठले बताए ।
मन्थली, १९ भदौ
नेपाल विद्युत प्राधिकरणले मन्थली बजारमा विद्युतिकरणका लागि टाँगिएको
नाङ्गो तारलाई हटाएर केबुल तारबाट विद्युत वितरण शुरु गरेको छ । बजार
क्षेत्रमा टाँगिएको नाङ्गो तारका कारण दुर्घटनाहरु बढ्दै जान थालेपछि
बजार क्षेत्रमा प्राधिकरणले केबुलिङको काम गरेको हो । प्राधिकरणले मन्थली
बजारको कटहरबोटबाट तामाकोसी भवनसम्म तथा आकासेको बसपार्क क्षेत्रमा नाङ्गो
तार हटाएर इन्सुलेटरको कालो तारबाट विद्युत वितरण गर्न शुरु गरेको छ ।
रामेछाप, ६ भदौ
पोष्टमार्टम गर्नुपर्ने शव घुस खाएर त्यतिकै दाहसंस्कार गर्न दिएको आरोपमा
इलाका प्रहरी कार्यालय पि्रतीका इन्चार्ज प्रहरी नायव निरिक्षक गोकुल
मण्डललाई कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय झिकाइएको छ ।
स्थानीयबासीले उनीमाथि कार्बाहीको माग गर्दै आन्दोलनको चेतावनी दिएका थिए ।
गत साउन ११ गते पि्रती गाविस ६ दोवाटेकी १८ वर्षीय लम्मी कार्कीले विष
सेवन गरी आत्महत्या गरेपछि उनको शवलाई पोष्र्टमार्टम गर्न जिल्लामा नलगी
स्थानियस्तरमा नै दाहसंस्कार गर्ने व्यवस्था मिलाइदे वापत नायव निरिक्षक
मण्डलले मृतकका वावु गंगावहादुर कार्कीसँग २० हजार रुपैयाँ असुलेका थिए ।
रामेछाप, ३ भदौ
मन्थली गाविस १
पडेरीपाखामा विहीबार विहान एक मिनीट्रक पल्टदा दुई दर्जन भन्दा बढी घाईते
भएका छन् । घाईते मध्ये वांके महादेवपुरी ६ का ३५ बर्षीय बनपाल चौधरीको
अवस्था गम्भिर छ । उनको हाल तामाकोशी सहकारी अस्पताल मन्थलीमा उपचार
भईरहेको छ । घटनास्थलवाट घाईतेहरुलाई तत्काल उद्धार गरि नजिकैको
मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा उपचारका लागि राखिएको छ । अस्पतालका
अनुसार अधिकांश घाईतेको अवस्था सामान्य रहेको छ । घाईतेमध्ये अधिकांश
वांके जिल्लाका रहेका छन् ।
रामेछाप, १० साउन
साउनको पहिलो साता वितिसक्दा पनि रामेछाप जिल्लाका अधिकांश खेतहरु
वाँझै रहेका छन् । खडेरीका कारण पानीको अभाव हुँदा जिल्लाका अधिकांश
खेतहरु बाँझै भएका हुन् । सिंचाईको सुविधा कम र पर्याप्त बर्षा नभएका कारण
खेतहरुमा रोपाईं हुन नसकेपछि किसानहरु चिन्तित हुन थालेका छन् ।