सिन्धुली, २४ चैत : नेपाली काँग्रेसका सभापति सुशिल कोइरालले माओवादी नेतृत्वको सरकार हटाउने चेतावनी दिनुभएको छ । सिन्धुलीगढीमा आज आयोजित पत्रकार सम्मेलनमा आगामी जेठ १४ भित्र शान्ति प्रक्रिया र संविधान निर्माणको काम सम्पन्न हुने संभावना नदेखिए सरकार हटाउने बताउनुभएको हो ।
सिन्धुली, १९ फागुन : प्रधानमन्त्री बाबुराम भट्टराईले फागुन महिना भित्रमा शान्ति र संविधानका लागि राजनीतिक दलहरुबीच सहमति हुने बताउनु भएको छ । सिन्धुलीको सत्रौं जिल्ला परिषद उद्घाटन समारोहलाई बिहान सम्बोधन गर्दै उहाँले दैनिकजसो राजनीतिक दलहरु बीच छलफल भई रहेकाले फागुन महिना भित्रै आवश्यक सहमति हुने विश्वास व्यक्त गर्नु भएको हो ।
सिन्धुली, ९ माघ : एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले प्रधानन्त्री डा बाबुराम भट्टराई नजिकिन खोजेपछि भारतले नेपालको आर्थिक र सीमा क्षेत्रमा हस्तक्षेप गरेको बताउनु भएको छ । अखिल नेपाल राष्ट्रिय बुद्धिजीबि संगठनको आयोजनामा आज सिन्धुलीमाढीमा भएको कार्यक्रममा प्रधानमन्त्रिको यस्तै क्रियाकलाप बढ्दै जाने हो भने नेपाल कंगाल राष्ट्र हुनुको बिकल्प नभएको तर्क गर्नुभयो ।
काठमाडौं, ८ कात्तिक : एकीकृत माओवादीका सचिव सिपी गजुरेलले क्रान्तिको बाटो छाडेकाले अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराइलाई पार्टीमा बस्ने अधिकार नभएको टिप्पणी गर्नुभएको छ । नेतृत्वले पार्टीमा टिकिरहन मात्र क्रान्तिको कुरा गरेको उहाँको भनाई थियो । सिन्धुलीको कमलामाई नगरपालिकामा आज विहान आयोजित कार्यक्रममा उपाध्यक्ष मोहन वैद्य निकट सचिव गजुरेलले अधुरो रहेको क्रान्तिका कुरा छाडेर शान्तिको मात्र रटान लगाउने व्यक्ति माओवादी नै हुन नसक्ने बताउनुभयो ।
सिन्धुलीमाढी, ५ कात्तिक : निर्माणाधीन बिपी राजमार्गअन्तर्गत सिन्धुलीको झाँगाझोली गविस– ४ निउलिभिरमा गत हप्ता भएको यात्रुबाहक बस दुर्घटनापछि सो सडकखण्डमा यातायात सञ्चालनमा लगाइएको रोक आजबाट खुल्ला गरिएको छ । स्थानीयबासिन्दाको दबाबमा जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सर्बदलीय बैठकले आजबाट यातायातका साधान सञ्चालन गर्न दिने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।