Tuesday, 22 May 2012 04:56 pm, Nepal

गुणस्तरहीन सामानको बिक्री बढ्यो

मेचीकाली : 2010-07-26 08:32:53

सिन्धुली, १० साउन
सदरमुकाम सिन्धुलीमाढी अवैध तथा गुणस्तरहीन सामान बिक्रीवितरण तथा ओसारपसारको अखडा बन्दै गएको  आरोप उपभोक्ताले लगाएका छन् ।     सम्बन्धित निकायको बेवास्थाका कारण भारत र तराईका जिल्लामा  उत्पादन भएका गुणस्तरहीन सामान बिपी राजमार्ग हुँदै आयातको क्रम बढ्दै गएपछि सदरमुकाम सिन्धुलीमाढी गुणस्तरहीन  सामानको बिक्रीवितरणको अखडा बन्दै गएको आरोप उपभोक्ताले लगाएका हुन्  ।  

पुरा पढ्नुहोस्

अबैध खयर त्यतिकै छाडियो

मेचीकाली : 2010-07-11 16:05:36

Khayarतस्करसँग मिलेमतो भएको आशंका
 सिन्धुली, २७ असार

 प्रहरी स्कर्टिङमा रातारात सदरमुकाम ल्याएको खयर छानबिन नगरी छाडिएको छ । प्रहरी, प्रशासनको मिलेमतोमा खयर छाडिएको राजनीतिक दलले आरोप लगाएका छन् । छानबिन गर्ने सहमतिमा खुर्कोटबाट बिहीबार खयर सदरमुकाम ल्याएको थियो । रामेछापबाट सुनकोसी तारी निकासीका लागि खुर्कोटठाँटीमा राखेको अवैध खयर चेकजाँच हुनुपर्ने मााग गर्दै स्थानीयले अगाडि बढाउन रोकेका थिए ।  दलसहित जिल्ला प्रशासनमा बसेको बैठकले सदरमुकाम ल्याएर वन प्राविधिक राखी वैध/अवैध छानबिन गर्ने सहमति भएको तर प्रहरी, प्रशासन तथा वन कर्मचारी मिलेर थाहै नदिई छाडेकामा आक्रोशित बनेका हुन् ।

पुरा पढ्नुहोस्

उपयोगबिहीन सिन्धुलीका जडिबुटी

मेचीकाली : 2010-07-10 17:28:01

Chiraitoसिन्धुली, २६ असार 
आम्दानीको वैकल्पिक स्रोतको रूपमा रहेको जडीबुटी सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा सदुपयोगविहीन अवस्थामा रहेको छ । स्थानीय बासिन्दामा जडीबुटी सम्बन्धी चेतनाको कमी, सङ्कलन र प्रशोधनको ज्ञान नहुँदा जडीबुटी सदुपयोगविहीन बन्न पुगेको हो । महभारत तथा चुरे जङ्गलमा प्रशस्त पाइने जडीबुटी विशेषगरी गोठालाहरूले चेतनाको अभावमा जथाभावी सङ्कलन गर्नाले बीउ नै मासिन गइ दुर्लभ बन्दै गएको रतनचुरा गाउँ विकास समितिका निवर्तमान गाविस अध्यक्ष गोविन्दबहादुर लुङ्गेली मगरले बताए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु