Tuesday, 22 May 2012 04:57 pm, Nepal

चट्याङबाट ३ को मृत्यु ,२ घाइते

मेचीकाली : 2011-04-13 12:47:24

सिन्धुली, ३० चैत  : सिन्धुलीको हरीहरपुरगढीमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ । स्थानीय भरत विक, चामार सिंह घिसिङ्ग र उनकी गर्भवती श्रीमती रुम्बाको हिजो बेलुका चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर लोकबहादुर मोक्तान र माइली माया घिसिङ्ग घाइते भएका छन् । उनीहरुको स्थानिय मेडिकलमा उपचार भइरहेको छ ।

पुरा पढ्नुहोस्

चुरे आसपासका बस्तीमा खानेपानी अभाव

मेचीकाली : 2011-04-01 08:26:25

सिन्धुलीमाडी, १८ चैत : वर्षौंदेखि घरनजिकै रहेको कुवाबाट खानेपानीको प्रयोग गर्दै आएको हर्षाही गाउँ विकास समिति–५ का लक्ष्मी ढुङ्गाना अहिले पिउने पानीको अभावमा रातभर जाग्राम बस्न बाध्य भएकी छिन् । कमलाखोंच क्षेत्रको चुरे जङ्गलआसपासका बस्तीमा रहेको खानेपानीको मुहान सुकेपछि लक्ष्मीले खानेपानीको प्रयोजनका लागि गाउँमा रहेको एकमात्र इनारमा पानी लिन आउने स्थानीय बासिन्दाको चाप बढेपछि पानीका लागि रातभर जाग्राम बस्नुपरेको हो ।

पुरा पढ्नुहोस्

दुर्घटनामा एकको मृत्यु, ८ जना घाईते

मेचीकाली : 2011-03-20 18:27:44

नेपालथोक, ६ चैत : सिन्धुलीबाट बनेपातर्फ आउँदै गरेको बा ७ च ५०४३ नंवरको जीप सिन्धुलीको नेपालथोकमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी आठजना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका काठमाडौं चाबहिलका शंकर मिश्रको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  

पुरा पढ्नुहोस्

राष्ट्रपतिबाट आज मध्यमाञ्चल क्षेत्रीय महोत्सव उदघाटन हुने

मेचीकाली : 2011-02-11 09:40:58

सिन्धुली २८ माघ :   "सिन्धुलीगढी पर्यटनको आधार रसिलो जुनार सिन्धुलीको उपहार" भन्ने मुलनाराका साथ बिहीबारदेखि सिन्धुलीमाढीमा मध्यमाञ्चल क्षेत्रीय महोत्सव सुरु भएको छ ।  तर महोत्सबको औपचारिक उदघाटन भने  राष्ट्रपति डा. रामवरण यादवले आज गर्ने कार्यक्रम छ ।  आज बिहान  ११ बजे विभिन्न संस्कृति झल्कने झाँकी  सहितको र्‍याली निकाल्ने कार्यक्रम पनि  तय गरिएको छ । करिव ४० लाखको लागतमा करिव ३ लाख मानिसले अवलोकन गर्ने र ३ करोडको आर्थिक कारोवार हुने अनुमान गरिएको छ । उद्योग, व्यापार, पर्यटन, कृषि, घरेलु तथा लघु उद्यम, विज्ञान प्रविधिको बृहत प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।

पुरा पढ्नुहोस्

ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु

मेचीकाली : 2010-12-22 17:41:22

सिन्धुली, ७ पुस : भिमेश्वर गाविस स्थित विपि राजमार्गको खुर्कोट बारा खण्डमा बुधबार ट्याक्टर दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भिर घाइते भएका छन । सदरमुकाम सिन्धुलीमाढीवाट चामल लिएर खुर्कोट जाँदै गरेका ना३त २०३६ नं. को ट्याक्टर दुर्घटना हुँदा पोखरी गाविस १ का ट्याक्टर चालक ३५ वर्षीय मोहन आले र यात्रु तीनकन्या गाविसका २२ वर्षीय सन्तु पौडेलको दुर्घटना स्थलमै मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु