सर्लाही, ३० कात्तिक : पूर्व पश्चिम राजमार्गको र्सलाही खण्डमा पर्ने रानीगंजमा आज बिहान मालवाहक ट्रकले ठक्करदिंदा एक साइकल यात्रुको घट्नास्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फजा“दै गरेको ना १ ख ५८६५ नम्वरको ट्रकले सोही दिशाबाट आएको साइकललाई पछाडिबाट ठक्कर दिएको थियो । साइकल यात्री रानीगंज गाबिस-१ का ५५ बषिर्य हितबहादुर पौडेलको घट्नास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सर्लाही, १७ असोज : पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको नेत्रगाज६ नवलपुरमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । काठमाडौंबाट कटारी आउँदै गरेको ना ३ ख ७०६ नम्बरको बसले सासापुरबाट दाउरा लिएर नवलपुर आउँदै गरेको टायर गाडालाई ठक्कर दिँदा दुर्घटना भएको हो । बिहान ४ बजे भएको दुर्घटनामा परी टायर गाढा चालक सासापुर ४ घर भएका वर्ष ६० का सबनमलाल रायको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सार्लाही, १५ असोज : पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी गाविस वडा नं.५, जङ्गलमा कारले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने २ जना गम्भिर घाईते भएका छन् । सो दुर्घटना कार अनियन्त्रित भई मोटरसाइकलमा ठोकिन पुगेको थियो ।
सर्लाही, १७ साउन : सम्पतिका लागि मान्छेले के के सम्म गर्दैन ? एउटै कोखबाट जन्मेको भाईको मात्रै होइन उसको पुरै परिवारसमेत नाश गर्न मान्छे तत्पर हुँदोरहेछ भन्ने सर्लाहीमा घटेको एक घटनाले प्रमाणित गरेको छ । भाईसँग अंशविवाद भएपछि एउटा दाजूले निर्मम ढंगले आफ्नो भाईको परिवारको सर्वनाश गरेका छन् । सर्लाहीको पडरिया गाबिस–९ का ४० वर्षीय रामेश्वर साह, उनकी पत्नी सुरखिया देवी र छोरी खुश्वुको हत्या गरिएको प्रहरीले जनाएको छ ।
सर्लाही, २९ असार : धरानबाट पोखरा जाँदै गरेको ना३ख ५७२१ नम्बरको यात्रुबाहक बस मंगलबार राति पूर्व पश्चिम राजमार्गको सर्लाही खण्डमा लुटिएको छ ।लाहानबाट चढेका चारजना लुटेराले सर्लाहीको बाँके जंगलमा आइपुगेपछि राती साढे १० बजे पेस्तोल तेस्र्याएर बसलाई जंगलभित्र लगेर लुटेका थिए ।