Tuesday, 22 May 2012 04:58 pm, Nepal

महोत्तरीमा ट्रिपर दुर्घटना, एक जनाको मृत्यु, बसको ठक्करबाट चितवनमा एक जनाको मृत्यु

मेचीकाली : 2012-05-13 08:42:30

महोत्तरी, ३१ वैशाख : बर्दिबास जलेश्वर सडक खण्ड अन्र्तगत महोत्तरीको बखरी चोकमा गएराति ट्रिपर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । जलेश्वरबाट बर्दिबास आउदै गरेको ना.३.ख.९४२० नम्बरको ट्रिपर अनियन्त्रित भई पल्टदा चालकको मृत्यु भएको हो । 


पुरा पढ्नुहोस्

रेलमार्गको काम अघि बढाइँदै

मेचीकाली : 2012-05-09 08:42:49

महात्तरी, २७ वैशाख : महोत्तरी–धनुषा रेलमार्गको आयोजनाको काम रेल्वे विभागले चाडै अगाडी बढाउने भएको छ । महोत्तरी धनुषा रेलमार्गको आयोजनाको कामसँगै जनकपुर जयनगर रेल मार्गको स्तरोउन्नती पनि हुने भएको छ । यसका लागिजयनगर–जनकपुर–बर्दिबासको ६९ किलोमिटर रेलमार्ग विस्तारको प्रारम्भिक र अन्तिम सर्वेको कार्य पूरा भइसकेको छ । रेल्वेमार्ग विस्तारको क्रममा जग्गा


पुरा पढ्नुहोस्

महोत्तरीका ५ गाविसका सचिव अख्तियारको कारवाहीमा पर्ने

मेचीकाली : 2012-05-06 08:42:31

महोत्तरी, २४ वैशाख : महोत्तरीका विभिन्न ५ वटा गाविसका सचिवहरुले विकास वजेटको रकम अनिमियतता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गर्ने भएको छ । रकम अनियमितता गरेको आरोप लाग्नेहरुमा  वथनाहा र भटौलिया गाविसका सचिव श्यामसुन्दर प्रसाद सिंह , मेघनाथ गोरहन्नाका सचिव देवेन्द्र चौधरी , रामगोपालपुर र खोपीका सचिव मोहन भगत , वनौलिदनौलीका सचिव सत्रुधन मिश्र , हरिहरपुर हरिणमरिका देवनारायण यादव  रहेका छन् । े


पुरा पढ्नुहोस्

दलहरुबीचको सहमतिको राष्ट्रपतिद्वारा स्वागत

मेचीकाली : 2012-05-04 14:42:46

महोत्तरी, २२ वैशाख : राष्ट्रपति डा. रामबरण यादवले दलहरुबीच विहिवार राती भएको सहमतिको स्वागत गर्नु भएको छ । सहमतिले संबिधान निर्माण हुने आशा जागेको भन्दै उहाँले सहमति कार्यान्वयनमा दलहरु अब इमान्दारिताका साथ लाग्नु पर्ने बताउनु भयो । महोत्तरी सदरमुकाम जलेश्वरमा आज विहान नेपाल पत्रकार महासंघको नव निर्मित भवनको उद्घाटन गर्दै राष्ट्रपति यादवले त्यस्तो बताउनुभएको हो । 


पुरा पढ्नुहोस्

छोरी विवाहका लागि तयारी गर्दै गरेको घरबाट लाखौको लुटपाट

मेचीकाली : 2012-04-14 08:47:40

महोत्तरी, २ वैशाख : 

महोत्तरीको सिमरदहिमा छोरी विवाहका लागि तयारी गर्दै गरेको घरबाट गए राती सशस्त्र डाँक समुहले लाखौको लुटपाट गरेका छन् । महोत्तरी सिमरदही २ का सिताराम चौधरीको घर बाट बिहान तीन बजे छोरी विवाहका लागि तयारी अवस्थामा राखेको साढे चार लाख रुपैया, १५  तोला सुन, ७० तोाल चाँदी तथा लताकपत्ता लुटेर लगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु