Tuesday, 22 May 2012 04:58 pm, Nepal

यातायात बन्दले जनजीवन प्रभावित

मेचीकाली : 2010-10-25 10:44:53

बर्दिवास, ८ कात्तिक : जनकपुर अञ्चल यातायात व्यवसायी सङ्घले आह्वान गरेको दुई दिने यातायात बन्दले महोत्तरी जिल्लाको सार्वजनिक यातायात सेवाका साथै जनजीवन प्रभावित बनेको छ । गत असोज २६ गते महोत्तरीको पिपरामा जलेश्वर जनकपुर रुटमा चल्ने ना २ ख ४०३७ नम्बरको बसका चालक रामप्रितम मिश्रलाई कुटपिट गरी घाइते बनाउनेमाथि कारबाहीको माग गर्दै सोमबार र मंगलबार यातायात बन्दको आह्वान गरेपछि जिल्लाको यातायात सेवा प्रभावित भएको हो ।

पुरा पढ्नुहोस्

टाढा रहेको भन्दै श्रीमतिको हत्या

मेचीकाली : 2010-10-23 13:07:31

महोत्तरी, ६ कात्तिक :  लामो समयसम्म आफूसँग टाढा रहेको निहुँमा महोत्तरीमा एक पुरुषले आफ्नी पत्नीको हत्या गरेका छन् ।    जिल्लाको डाम्ही मडै गाविस–२ बस्ने श्याम सदाले आफ्नी पत्नी २५ वर्षीया देउलादेवी सदाको हत्या गरेको कुरा जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । भारतको सीतामढी माइतीघर भएकी देउलादेवी सदा प्रायःजसो माइतीमै बस्ने गरेकी र कहिलेकाहीँ चार–छ महिनामा एक–दुई दिनका लागि मात्र ससुराली गाउँ आउने गरेका कारण पति श्याम सदाले पत्नीको चरित्रमाथि शङ्का गर्दै निजको हत्या गरेको स्थानीयवासीले बताएका छन् ।

पुरा पढ्नुहोस्

रोकिएन एसएसबीको ज्यादती

मेचीकाली : 2010-10-19 11:42:32

महोत्तरी २ कात्तिक : महोत्तरी जिल्लाको बथनाहा गाउँ विकास समितिमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ज्यादती बढ्दै गएको गुनासो स्थानीयवासीले गरेका छन् । बथनाहा–६ मधनामा एसएसबीले दसगजा क्षेत्रमा सुरक्षा चौधी खडा गरेर नेपाली भूमिमा आवात–जावत गर्ने सवारीसाधनलाई सुरक्षा जाँचका नाममा दुःख दिएको पीडितहरूले बताएका छन् ।

पुरा पढ्नुहोस्

दलका नेताले प्रशासनिक कारवाहिमा हस्तक्षेप नगर्ने

मेचीकाली : 2010-10-13 11:40:53

बर्दिवास, २७ असोज : महोत्तरी जिल्लाका सक्रिय १५ राजनीतिक दलले भ्रष्टाचारविरुद्ध हुने कुनै पनि प्रशासनिक कारबाहीमा राजनीतिक हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाएका छन् । सदरमुकाम जलेश्वरमा एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस, नेकपा (एमाले), मधेसी जनअधिकार फोरमलगायत १५ दलको सम्पन्न संयुक्त बैठक उपस्थित नेताहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । राजनीतिक हस्तक्षेपका कारण भ्रष्टाचारविरुद्ध कारबाही गर्ने अधिकार प्राप्त निकायहरूले कारबाही गर्न नसकेका गुनासा सार्वजनिक भइरहेकाले आफूहरूले सामूहिकरूपमा त्यस्तो प्रतिबद्धता जनाएको नेकपा (एमाले), महोत्तरीका कालीचन्द्र साहले बताए ।

पुरा पढ्नुहोस्

१ सय २० खसीबोका लुटिए

मेचीकाली : 2010-10-09 14:33:41

khasibokaमहोत्तरी, २३ असोज : महोत्तरी जिल्लाको बथनाहा नाकामा सुरक्षा दिइरहेको भारतीय एसएसबीले सो नाकाबाट नेपाल ल्याइरहेका १२० वटा खसीबोका स्थानीय बासिन्दालाई लुट्न लगाएको छ । दशैँको अवसरमा सदरमुकाम जलेश्वर नगरपालिकाका तीनजना व्यापारीले संयुक्तरुपमा भारतबाट शुक्रबार साँझ नेपाल ल्याइरहेका खसीबोका एसएसबीले लुट्न लगाएको व्यापारी शङ्कर मण्डलले बताए । एसएसबीले भारतबाट नेपालमा केही पनि लैजान मिल्दैन भन्दै खसीबोका व्यापारीहरु मरनी देवी, शान्ति देवी र शङ्कर मण्डलका १२० वटा खसीबोका सीमावर्ती भारतीय गाउँ वराही, सहसराम र सुरसन्डका बासिन्दालाई लुटाएका थिए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु