रसुवा, १६ चैत : एकदशक अगाडिदेखि धुन्चेमा स्थापित हिमालयन स्प्रिङवाटर प्रालिले प्रशोधन र प्याकिङ गरेको पानी आजदेखि विदेशमा निकासी गरेको छ । स्थानीय बजारमा गतवर्षदेखि बिक्री वितरण सुरु गरिएको हिमालयन वाटर पहिलो चरणअन्तर्गत आजदेखि कोरिया निकासी गरिएको हिमालयन स्प्रिङवाटर प्रालिका जनसम्र्पक विभाग प्रमुख डिल्लीराम गिरीले जानकारी दिनुभयो ।
रसुवा, १५ चैत : होली खेल्ने क्रममा स्थानीय महिलाहरुलाई जथाभावी रङ छ्यापेका तथा निर्माण सामग्रि तोडफोड गरेको बिरोधमा आज रसुवामा यातायात सेवा ठप्प भएको छ । मंगलबार होली खेल्ने क्रममा लहरेपौवा बोगटीटारका महिलाहरुलाई ईच्छा विपरित रङ लगाइदिएको तथा निर्माण सामाग्री तोडफोड गरेको भन्दै बोगटीटारका वासिन्दाले रसुवामा यातायात सेवा बन्द गराएका छन ।
रसुवार, ८ पुस : रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यार्सा गाविसको थाङदोर लेकमा आगलागी भएको छ । यार्सा रसुवाको दक्षिण पुर्वमा पर्दछ । राती एक बजे भीषण डँडेलो लागेको देखेपछि यार्साको थाङदोर गाउँवासी रातभर जागा बसेको स्थानीयवासीले बताएका छन् । धुन्चेको ठाडे क्षेत्रबाट जंगलमा आगो यार्साको लेकमा लागेको यार्साका मामी लामाले बताए ।
रसुवा, २६ साउन : रसुवाको जिल्ला सदरमुकाम जोडने एक मात्र सडकमा यातायात अवरुद्ध भएपछि रसुवाको उत्तरी ८ गाविसमा दैनिक उपभोग्य वस्तुको अभाव देखिएको छ। एक महिना अघि पहिरो गएर बिग्रिएको पासाङ ल्हामु मार्गको राम्चे र मुल खर्क सडक खण्ड सुचारु गर्ने प्रयास समेत भएको छैन।
रसुवा, १९ साउन : रसुवाको धुन्चे हुँदै गोसाईकुण्ड जाने यात्रुहरु यतिबेला बस व्याबसायिहरुको मानोमानीका कारण ठगिन बाध्य भएका छन् । काठमाण्डौं देखि धुन्चे सम्मको भाडा जम्मा २६१ रुपैंयाको ठाउँमा ३८० देखि ५०० रुपैंया सम्मको भाडा उठाएर दर्शनार्थीहरुलाई ठगि गरिरहेका छन् ।