-कुण्डै-कुण्डको यो क्षेत्र गुराँस र
सल्ला एवं खर्क र भञ्ज्याङका लागि
प्रसिद्ध छइतिहासले भन्छ, अङ्ग्रेजसँगको युद्धपछि बूढो बाघ अमरसिंह थापा विश्राम गर्न गोसाइँकुण्ड आएका थिए। पुराणले भन्छ, कालकूट विष खाएपछि छट्पटाएका महादेव पनि विश्राम गर्न यहीँ आएका थिए। रसुवाको गोसाइँकुण्डले आउनेलाई भेदभाव नगरी आनन्द दिन्छ। काठमाडौंको सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक र मानवशास्त्रीय हिसाबले राम्रो पदयात्रा मानिन्छ। ४३ सय मिटरभन्दा बढी उचाइमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो। यसका वरिपरि अरू १०८ वटा कुण्ड छन्। जसमध्ये एउटा पार्वती कुण्ड हो, गोसाइँकुण्डलाई चाहिँ शिवकुण्ड मानिन्छ।
रसुवा, २९ साउन
जिल्लाको
दक्षिणी गाउँ विकास समिति समरथलीका पहिरोपीडितहरुले खाद्यान्न समस्या परेको
भन्दै सहयोगका लागि सरकारसँग अनुरोध गरेका छन् । यही साउन १९ गतेको
पहिरोमा पाकेको मकैबाली गुमाएका समरथली गाउँका ६० भन्दा बढी परिवारले
आफूहरुलाई राहत सामग्री उपलब्ध गराउन जिल्ला विकास समितिलगायत सरकारी
निकायहरुमा आग्रह गरेका छन् ।
रसुवा, ९ साउन
चारदिन अघि
गुडिरहेको बसको छतबाट खसेर एक यात्रुको मृत्यु भएपछि पीडितले क्षतिपूर्ति
माग गर्दै यातायात बन्द गरेका छन् । विहीबार रसुवाबाट राजधानी गइरहेको बा २
ख ६६०४ नम्बरको बसको छतबाट गत्लाङ-२ बस्ने १९ वर्षीय निमा छोवाङ तामाङ
काठमाडौंको मुड्ख भन्ज्याङमा घाइते भएका थिए । घाइते तामाङलाई जनमैत्री
अस्पतालमा उपचार हुन नसकेपछि न्यूरो अस्पताल बासबारीमा उपचार क्रममा मृत्यु
भएको थियो ।