नुवाकोट, ७ वैशाख : नुवाकोटको बुङताङमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।बुङताङ गाविस वडा नं. ४ मा आज विहान १० बजेको समयमा सिमसिमे पानी परिरहेको बेला चट्याङ पर्दा बुद्धीबहादुर तामाङकी छोरी ११ बर्षिया जसमाया तामाङको मृत्यु भएको स्थानीय छेपोन तामाङले जानकारी दिनुभयो ।
नुवाकोट, १९ चैत : नुवाकोटको सूर्यमति गाँउ बिकास समितिमा त विषाक्त खानाका कारण ३० जना भन्दा बढी नागरिक बिरामी परेका छन ।सूर्यमति गाविसको वडा नम्बर ४ चौखुडा गाँउमा रहेको राईवस्तीमा तीन दिनदेखि फैलिएको विशाक्ति खानाको कारण गाँउका अधिकांश नागरिका बिरामी परेका छन् ।
नुवाकोट, १८ चैत : फोटोसहितको मतदाता नामावली सङ्कलनको लागि नुवाकोटको दुईपिपल गाउँ विकास समितिमा खटिएको टोलीलाई नेकपा–माओवादीको कार्यकर्ताले अपहरण गरेका छन् । हिजोबाट सुरु भएको नामावली सङ्कलनको लागि खटिएका दुईपिपल गाविसका सचिव दिलबहादुर बोगटी, प्राविधिक सहायक पुरुषोत्तम लामिछाने र कम्युटर अप्रेटर बिनोद अधिकारी रहेका छन् ।
नुवाकोट, १४ चैत : निर्वाचन आयोगको कार्यालय नुवाकोटबाट चतुराले गाँउ विकास समितिमा खटिएको फोटोसहितको मतदाता नामावली सङ्कलक टोलीको सामानहरू लुटिएको छ । हिजोबाट सुरु भएको मतदाता नामावली सङ्कलन कार्यका लागि चतुराले पुगेका सङ्कलक टोलीसँग भएको ल्यापटपलगायतको सामग्री गएराति लुटिएको चतुरालेबाट सामाजिक परिचालक अरूणराज पाठकले जानकारी दिनुभयो ।
नुवाकोट, ३ चैत : नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले असार महिना भित्रै संविधानसभाको नयाँ चुनाव हुने दावी गरेका छन् । आज नुवाकोटका विदुरमा भएको पत्रकार सम्मेलनमा उपसभापति पौडेलले चुनाव गराउन गठन गरिएको खिलराज रेग्मी नेतृत्वको सरकारले असार भित्रै चुनाव गर्ने बताएका हुन् । असारमा चुनाव हुन नसके मंसिर महिनासम्ममा भएपनि चुनाव हुने पौडेलको भनाइ छ ।