नुवाकोट, २४ असोज : आधुनिकताको जति कुरा गरे पनि गाउँघरमा दलित र बाहुनको बीच पानी नचल्ने परम्परा अझै कायमै छ । तर जिल्लाको बेलकोटमा दलित, बाहुन, क्षेत्रीले भने एकै ठाउँमा जमरा राखी उदाहरणीय काम गरेका छन् । बेलकोट – ३ को निरञ्जना भगवतीको मन्दिरमा ब्राह्मण, क्षेत्री र दलितले संंयुक्तरूपमा जमरा राखेर जातीय छुवाछुतको प्रथाविरुद्ध दह्रिलो काम गरेर देखाएका हुन् ।
नुवाकोट, २४ असोज : राजधानी काठमाडौँसँग नुवाकोट र रसुवालाई जोड्ने पासाङल्हामु राजमार्ग समयमा नै मर्मतसम्भार नहुँदा उक्त राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । काठमाडौँदेखि नुवाकोट सम्मको ७० किलोमिटर र नुवाकोटबाट रसुवा सदरमुकाम धुञ्चेसम्मको ४८ किलोमिटर सडकमा ठूलाठूला खाल्डा रहेकाले यत्रा जोखिमपूर्ण भएको हो ।जीर्ण सडकसँगै बारम्बार पहिरो जाने गरेकाले उक्त राजमार्गमा यात्रा गर्ने यात्रीले अत्यन्त कठिनाइ झेल्नुपरेको छ । सडकस कालोपत्र नहुँदा यात्रा अझ कष्टकर बन्ने गरेको छ ।
नुवाकोट, १२ असोज : डिभिजन सहकारी कार्यालयले नुवाकोट र रसुवाका निस्क्रिय रहेका १९ सहकारी संस्थालाई खारेज गर्ने भएको छ । लामो समयसम्म सक्रिय नभएका सहकारीलाई कार्यालयले रसुवाको ६ वटा र नुवाकोटको १३ वटा सहकारी संस्थालाई खारेज गर्न लागेको नुवाकोट डिभिजन सहकारी कार्यालयका प्रमुख गिरीराज ज्ञवालीले जानकारी दिए । खारेज गर्न लागेको सहकारीहरूमा नुवाकोटका बालकुमारी महिला बचत तथा ऋण सहकारी, तारकेश्वर ग्रामीण विकास दुग्ध उत्पादक सहकारी रहेका छन् ।
नुवाकोट, १ भदौ
सरकारले महिलाको नाममा जग्गा खरिद गरे राजस्व छुट दिने निर्णय गरेपछि
नुवाकोटमा महिलाको नाममा जग्गा रजिष्टे«शन गर्नेको सङ्ख्या बढे्को छ ।
सरकारले गत आर्थिक वर्षदेखि महिलाको नाममा जग्गा खरिद गर्दा रजिष्ट्रेशन
वापत लाग्ने राजस्वमा २५ प्रतिशत छुट दिएपछि महिलाको नाममा जग्गापास हुने
सङ्ख्यामा वृद्धि भएको हो । मालपोत कार्यालय नुवाकोटमा गतवर्षको तुलनामा
यसवर्ष १९१ जना महिलाको सङ्ख्या बढेको हो ।
नुवाकोट, २२ साउन
जिल्ला
कारागार ढुङ्गे नुवाकोटमा कैदी–बन्दीका चौकीदारले शोषण गरेको आरोपमा
बन्दीले चौकीदार र अर्का एक बन्दीलाई कुटपिट गरेर गम्भीर घाइते बनाइदिएका
छन् । चौकीदार प्रेमवहादुर थापाले अन्य बन्दीबाट रकम माग्ने, भनेको नमानेको
भन्दै शौचालयमा थुनिदिने, धम्की दिने, मानसिक यातना दिएको आरोप लगाउँदै
थापालाई कुटपिट गरेर घाइते बनाइदिएका हुन् । बन्दीले चौकीदार थापाको साथ
दिने अर्का बन्दी वसन्त थापालाई पनि कुटपिट गरी गम्भीर घाइते भएका छन् ।