नुवाकोट, २९ साउन : शनिबार नुवाकोटको गेर्खु–४ मा भएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका व्यक्तिको परिवारजनले क्षतिपूर्तिको माग राखी आजबाट पासाङल्हामु बस सेवा समितिका बस सञ्चालनमा रोक लगाएका छन् । तुप्चे–१ का २२ वर्षीय सुमन अधिकारीको शनिबार दिउँसो दुर्घटनामा परी मृत्यु भएको हो । बेत्रावती जाँदै गरेको मोटरसाइकल र त्रिशूली आउँदै गरेको बस एक आपसमा ठोक्किएर अधिकारीको मृत्यु भएको आफन्तको भनाइ छ ।
नुवाकोट, २२ साउन : यहा“ स्थापना भएको नुवाकोट सेवा समाजले साधारणसभा गरि जिल्लामा एम्वुलेन्स लगायतका कार्यहरु संचालन गर्न नया“ कार्य समिती चयन गरेको छ । नुवाकोट सेवा समाज कतारले जिल्लामा एम्वुलेन्स संचालन गर्न दोहामा आर्थिक संकलन गरेको थियो ।
नुवाकोट, २० साउन : विष सेवन गरी आत्महत्या गरेकी महिलाको मलामी गएका १४ जनालाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको छ । जिलिङ–६ महादेवखर्ककी २४ वर्षीया बिन्दामाया तामाङको पोस्टमार्टम नगरी शव जलाएको कारण मृतक महिलाको घर पक्ष र माइती पक्षका नातेदारहरूलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक नवराज मल्लले जानकारी दिनुभएको छ ।
नुवाकोट, १० साउन : विदुर नगरपालिका वडा नं. ५ माझीटारमा बस र ट्रिपर एक–आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन् । आज बिहान ७ बजे देवीघाटबाट यात्रु लिएर त्रिशूली आउँदै गरेको बा१ख ५४२४ नम्बरको बस र विदुरबाट रातमाटे जाँदै गरेको बा२ख ७५२५ नम्बरको ट्रिपर एक–आपसमा ठोक्दा बसमा यात्रारत सबै घाइते भएको प्रहरीले जनाएको छ ।घाइतेहरुको बट्टारस्थित पञ्चकन्या अस्पताल, त्रिशूली अस्पलतामा उपचार भइरहेको छ ।
नुवाकोट, ६ साउन : रातमाटे गाविसमा विशाल एग्रोगेटले सञ्चालन गरेको क्रसर उद्योगलाई स्थानीय प्रशासनले बन्द गराएको छ । प्रमुख जिल्ला अधिकारी मधुसूदन बुर्लाकोटीको नेतृत्वमा क्रसर उद्योग अनुगमनका लागि गएको टोलीले बिनाइजाजत सञ्चालन भइरहेको पाएपछि उद्योगको साँचो नियन्त्रणमा लिई सञ्चालनमा रोक लगाएको हो ।