Tuesday, 22 May 2012 05:07 pm, Nepal

पहिरोले यातायात अवरुद्ध, विभिन्न ठाउँमा क्षति

मेचीकाली : 2010-09-02 16:53:06

चौतारा, १७ भदौ 
अविरल वर्षाले पहिरो लागेर अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको माङ्खा गाविस–६ स्थित खाडीचौरमा यातायात अवरुद्ध भएको छ । गएराति आएको पहिरोले बाह्रबिसेबाट काठमाडाँै जाने र काठमाडाँैबाट बाह्रबिसे जाने सयौँ यातायातका साधनहरु आज बिहानदेखि बीच बाटोमै रोकिएका छन् । माथिबाट लेदो बग्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ । पहिरोले स्थानीय अमित तामाङ र नकुल पराजुलीको घर पुरेको छ भने अनिल नेपालीको घरलाई आंशिक क्षति पुर्याएको छ ।

पुरा पढ्नुहोस्

भैरवकुण्डयात्रा र चोरीको शिकार भएका पत्रकारहरु

मेचीकाली : 2010-09-01 12:44:02

राजन न्यौपाने

यो मान्छे यस्तो स्वभावको छ, यसको बानी ब्यवहार यस्तो होला भनेर कसैलाई देख्ने बित्तिकै वा पहिलो भेटमा नै भन्न सक्नुहुन्छ तपाईँ ? अनुहार जीउडाल लवाई तथा बोलीको भरमा मात्र मान्छे चिन्न कठिन पर्दो रहेछ। छोटो समयमा नै कसैलाई विश्वास दिँदा समाजमा टाठाबाठामा गनिएका हामी ठूलै क्षति तथा कष्टमा परेको घटनाका बारेमा केही बताउदै छु म।

पुरा पढ्नुहोस्

पहिरोले राजस्व नोक्सानी

मेचीकाली : 2010-09-01 11:02:39

Tatopaniचौतारा, १६ भदौ
सिन्धुपाल्चोकको बाह्रबीसे– तातोपानी सडकखण्ड पहिरोले गर्दा चार दिनदेखि अवरुद्ध भएपछि करिब रु तीन करोड राजस्व नोक्सानी भएको छ । अविरल वर्षाका कारण शनिबार राति गएको पहिरोले फुल्पिङकट्टी गाविसको डाक्लाङ भन्ने स्थानमा करिब दुईसय मिटर सडक बगाएपछि यातायात अवरुद्ध भएको छ । केही दिनदेखि नयाँ ट्रयाक खोल्ने कार्य भइरहेकाले सडक सञ्चालन हुन समय लाग्ने इलाका प्रहरी कार्यालय बाह्रबीसेका प्रहरी निरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

पुरा पढ्नुहोस्

देउवाको प्यानलै आयो सिन्धु कांग्रेसमा

मेचीकाली : 2010-08-29 20:54:44

चौतारा, १३ भदौ
नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा मोहनबहादुर बस्नेत निर्वाचित भएका छन्। आइतबार भएको अधिवेशनमा देउवा खेमाका निवर्तमान सभापति बस्नेतले कोइराला पक्षका सहसभापति भूपेन्द्रबहादुर थापालाई पराजित गरेका हुन।  बस्नेतले ४ सय ४ मत पाए भने थापाको पक्षमा २ सय ८२ मत खस्यो। ७ सय ३४ प्रतिनधिमध्ये ७ सय ३ मत खसेको थियो। यसअघि असार २७ मा भएको निर्वाचनमा दुवैले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः निर्वाचन भएको हो।

पुरा पढ्नुहोस्

नकावधारीबाट आक्रमण गरी लुटपाट

मेचीकाली : 2010-08-23 13:47:46

चौतारा, ७ भदौ
सिन्धुपाल्चोकको धुस्कुन गाविस-१ मा गएराति घरेलु हतियारसहितको अज्ञात समूहले कृष्णप्रसाद डोटेलको परिवारलाई घाइते बनाई धनमाल लुटेर लगेका छन् । चारजनाको समूहमा आएका नकावधारी लुटेराले ५० वर्षीय डोटेल तिनकी श्रीमती छोरा र छोरीलाई चक्कु प्रहार गरी चार तोला सुनको गरगहना लुटेर लगेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ । गम्भीर घाइते वृद्ध डोटेलको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि राजधानी लगिएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु