चौतारा, ४ मंसिर : प्रथम सिन्धुपाल्चोक महोत्सवको उपलक्ष्यमा पर्यटकीय क्षेत्रको दृश्यावलोकनका लागि आजदेखि २० मिनेटको हेलिकप्टर सेवा सुरु भएको छ ।प्रतिव्यक्ति सात हजार भाडा लिने गरी पाँच सिटको दुईवटा हेलिकप्टर आइतबारदेखि ७ गतेसम्म प्रयोगमा ल्याइएको हो ।चौताराबाट पर्यटकीय क्षेत्र हेलम्बु, पाँचपोखरी, जुगल हिमशृङ्खला, भैरवकुण्ड, लिस्तीमाई, तातोपानी र कालिञ्चोक हुँदै पुनः चौतारासम्म २० मिनेटको समय निर्धारण गरिएको सिन्धुपाल्चोक महोत्सव मूल समारोह समितिले जनाएको छ ।
चौतारा, ३ मंसिर : सिन्धुपाल्चोक समृद्धिको आधार– जलश्रोत, पर्यटन, कृषि र व्यापार भन्ने मूल नाराका साथ आज देखि प्रथम सिन्धुपाल्चोक महोत्सव सुरु हुदैछ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल र काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले आज दिउँसो १ बजे परेवा उडाएर सयुक्त रुपमा महोत्सवको उद्घाटन गर्दै हुनुहुन्छ ।
सिन्धुपाल्चोक, २ मंसिर : सिन्धुपाल्चोकको तातोपानी गाविस–१ मा आज बिहान आगलागी हुँदा छ घर जलेर नष्ट हुँदा करिब रु डेढ करोडको क्षति भएको छ । स्थानीय खड्गहादुर खड्काको घरबाट बिहान ९ बजे बच्चाले ग्यासमा पानी तताउँदा आगो सल्किएको थियो । आगलागीबाट डेरावालको नगद तथा जिन्सी सामानसमेत परेकाले क्षतिको यकिन विवरण आइनसके पनि प्रारम्भिक क्षति रु डेढ करोड रहेको तथा घटनामा मानवीय क्षति भने नभएको सीमा प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकहरि खनालले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोक १४ कात्तिक : श्रीमानले वर्षैदेखि भौतीक र मानसिक यातन दिएपछि श्रीमानको हत्या गरी एक महिला सरारसर प्रहरी कार्यालयमा आएकी छन् । जिल्लाको पिपलडाँडा गाउँ विकास समिति घर भइ हाल जलविरेमा सामान्य किराना पसल सञ्चालन गर्दै आएकी मिरा केसीले श्रीमान क्षेत्रबहादुर केसी ( विकास)को हत्या गरी आइतबार जिल्ला प्रहरी कार्यालय आएकी हुन् ।
चौतारा, २ कात्तिक : सिन्धुपाल्चोकको ठूलोपाखर गाविसमा घरमै पकाएको चिया पिउँदा बुधबार बिहान चारजना बेहोस भएका छन् । बेहोस हुनेहरुमा वडा नं ३ निवासी पासाङ लामा, उनकी श्रीमती ओली लामा तथा छिमेकी १९ वर्षीया सुनिता लामा र २० वर्षीया माइली लामा छन् । उनीहरु सबैलाई उपचारका लागि खाडीचौरस्थित सदाबहार अस्पतालमा लगिएकामा लामा दम्पतीको त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।