Wednesday, 22 August 2018 07:43 am, Nepal

भुकम्प गएको ३९ महिना वितिसक्यो, काभ्रेमा १६ हजार घरमात्रै पुननिर्माण

मेचीकाली : 2018-08-21 07:44:30

काभ्रे, ५ भदौ : भुकम्प गएको ३९ महिना वितिसक्दा काभ्रेमा हालसम्म पूर्ण रुपमा करिब १६ हजार घर मात्रै पुनः निर्माण भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई काभ्रेका अनुसार हालसम्म काभ्रेमा घर निर्माणको काम सम्पन्न गरि १५ हजार ९ सय ३२ लाभग्राहीले मात्रै तेस्रो किस्तासम्मको रकम लगेका छन् ।

पुरा पढ्नुहोस्

काभ्रेमा जथाभावी गरिएको शिक्षक सरुवा बदर

मेचीकाली : 2018-08-20 07:55:36

काभ्रे, ४ भदौ : काभ्रेका तत्कालिन शिक्षा अधिकारी डाक्टर दिपेन्द्र गुरुङ्गले गैरकानूनी रुपमा काज सरुवा गरिएका शिक्षकहरुको दरवन्दी पुरानै स्थानमा हुने भएको छ । शिक्षकहरुको काज सरुवा खारेज भएको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले बताए । जिल्लामा रहेका १३ वटै स्थानीय सरकारका प्रमुखहरुको उपस्थितीमा शिक्षा समन्वय इकाई काभ्रेपलाञ्चोकले आयोजना गरेको बैठकमा समन्वय समितिका प्रमुख केसीले कानून विना गरिएका सबै खालका काज सरुवा खारेज गरेको बताए ।

पुरा पढ्नुहोस्

नेकपा काभ्रेको अध्यक्षमा सुर्यमान दोङ सिफारिस

मेचीकाली : 2018-08-20 07:11:01

काभ्रे, ४ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्ला कमिटीको अगामी अध्यक्षमा पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज) को नाम सिफारिस भएको छ । पार्टी एकतापछि अध्यक्ष सहित जिल्ला कार्यसमिति गठनका लागि आइतबार बसेको नेकपाको प्रदेश कमिटी बैठकले लालध्वजको नाम अध्यक्षमा सर्वसम्मत सिफारिस गरेको स्रोतले बतायो ।

पुरा पढ्नुहोस्

काभ्रेमा बिजुलीको मिटर अभाव, सर्वसाधारण मारमा

मेचीकाली : 2018-08-16 08:08:18

काभ्रे, ३१ साउन : नेपाल विद्युत प्राधिकरणले मिटर उपलव्ध नगराउँदा काभ्रेका सर्वसाधारण समस्यामा परेका छन् । नयाँ मिटरका लागि बनेपा, पनौती र पाँचखालमा रहेको नेपाल विद्युत्त प्राधिकरणका शाखाहरुमा सर्वसाधारणहरु दैनिक धाउने गरेका छन् । तर, मिटर नपाउँदा उनीहरु निराश भएर फर्कनुपरेको छ ।

पुरा पढ्नुहोस्

बनेपा हेल्य केयरको सेवा सुरु

मेचीकाली : 2018-08-11 17:39:59

काभ्रे, २६ साउन : काभ्रेका जनतालाई स्वास्थ्य सेवा दिने उद्देश्यले बनेपामा नयाँ स्वास्थ्य संस्थाको स्थापना भएको छ । आज बृहत स्वास्थ्य शिविरको आयोजना गर्दै संस्थाले विधिवत रुपमा सेवा प्रारम्भ गरेको हो । काभ्रेको व्यापारिक नगरी बनेपामा गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले बनेपा हेल्थ केयरको स्थापना भएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु