काभ्रे, ८ जेठ : काभ्रेको खनालथोक ३ काँक्रेमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । गएराती आठ बजेतिर चितुवाले आक्रमण गर्दा स्थानीय तीर्थप्रसाद खनालकी ४ बर्षीया छोरी रमिला खनालको मृत्यु भएको हो । घरबाट आमासँगै बाहिर निस्कने क्रममा उनलाई चितुवाले आक्रमण गरेर लिएर गएको थियो ।
काभ्रे, २८ वैशाख : अब बन्ने संविधानमा जातिय राज्यसहितको राज्य पूर्नसंरचना भए काभ्रेका एक व्यक्तिले जेठ १४ गते राती संविधान सभा भवन अगाडि आत्मदाह गर्ने घोषणा गरेका छन् । काभ्रेको पनौती नगरपालिका– २ धनेश्वर निवासी ४३ वर्षिय गोविन्दवहादुर थापाले जातीय आधारमा देश टुक्राएर संविधान जारी गरे जेठ १४ गते राती १२ बजेर ५ मिनेटमा संविधान सभाको मुख्य गेटबाहिर संविधानको प्रतिलिपीसहित आत्मदाह गर्ने घोषणा गरेका हुन् ।
काभ्रे, २४ वैशाख : बनेपाको ऐतिहासिक चण्डेशवरी जात्रा आजबाट सुरु भएको छ । परापूर्व कालमा चण्डासुर नामको दैत्यले तेत्तिसकोटी देवताका साथै बनेपा नगरबासीहरुलाई दुःख दिएकोले उनीहरुको दुःखबाट मुक्ति दिनका लागि रक्तचन्दन बनबाट चण्डेश्वरी माई प्रकट भई सो दैत्यको नाश गरेको खुसीयालीमा हरेक वर्ष बनेपा नगरबासीहरुले यो जात्रालाई महत्वपूर्ण चाडका रुपमा मनाउने गरेका छन् ।
काभ्रे, १७ वेशाख : काभ्रेको पाँचखाल गाउँ विकास समिति– ९ मा आज बिहान बसले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । भक्तपुरबाट पिकनिक मनाउनका लागि दोलालघाटतर्फ जाँदै गरेको हिमालयन कलेज अफ एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी(हिकास्ट)को बा १ क ४९१४ नम्बरको बसले ठक्करदिँदा पाँचखाल– ८ की २५ वर्षिया पुजा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
काभ्रे–सिल्भर साइन इभेन्ट म्यानेजमेन्ट ग्रुपले आयोजना गरेको किड्स काभ्रे २०६८ को उपाधि वृति प्रजापतिले हात पारेकी छन् । शनिबार भएको फाइनलबाट २४ जनालाई पछि पार्दै प्रजापतिले उपाधि जितेकी हुन् । प्रतियोगितामा उस्मिता कायस्थ फस्ट रनरअप, अस्मिता तिमल्सिना सेकेण्ड रनरअप र प्रज्ञा अधिकारीले थर्ड रनरअपका साथै बेष्ट स्पीकको अवार्ड हात पारेका छन् । यस्तै इशा श्रेष्ठले बेष्ट स्माइल र बेष्ट ट्यालेन्टको उपाधि जितिन् भने सालिनी श्रेष्ठले बेष्ट वाकको उपाधि जितेकी छन् ।