भुवन थापा
पनौती(काभ्रे), ७ साउन
ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक नगरी पनौतीमा प्राचिन कलाका देवी
मन्दिरका आकृतिहरु फेला पर्न थालेका छन् । उक्त प्राचिन मन्दिर तलेजु भवानी
(लायकु दरबार) को रुपमा चित्रण गरिएको छ । सो प्राचिन आकृतिहरु पनौतिमा
हाल गठन गराईएको स्मारक क्षेत्र संरक्षण समितिको अगुवाईमा उत्खनन गरि
निकालिएको समितिका अध्यक्ष विश्वनाथ ताम्रकार बताउँछन ।
धुलिखेल(काभ्रे), ७ साउन
जिल्ला प्रशासन कार्यालय काभ्रेले १२ वर्षमा ५७ हजार २ सय ७० थान
राहदानी(पासपोर्ट) वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले
आर्थिक वर्ष ०५४/०५५ बाट जिल्लाबाट पासपोर्ट वितरण सुरु गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले ०६६ चैत १८ गतेसम्म ५७
हजार २ सय ७० थान पासपोर्ट वितरण गरेको छ । जिप्रका काभ्रेका अनुसार खाडी मुलुकमा नेपाली कामदारहरुको माग बढी भएको
समयमा पासपोर्ट बनाउनेको संख्यामा बृद्वि हुने र खाडी मुलुकमा कामदारको माग
कमी भएको समयमा पासपोर्ट बनाउनको संख्यामा कमी आएको बताएको छ ।
पाँचखाल, ६ साउन
इनारमा खसेका भतिजालाई बचाउन खोज्ने काकाको समेत एकैसाथ मृत्यु भएको छ ।काभ्रे बालुवा गाविस¬३ का १८ वर्षिय कृष्णबहादुर दनुवार र उनका ३५ वर्षिय
काका आशबहादुर दनुवारको विहीबार गाउँकै एक इनारभित्र मृत्यु भएको हो । अपरान्ह ४ बजे इनारबाट चिसो पानी तान्दै गर्दा भतिजा कृष्णबहादुर हुत्तिएर
इनारभित्र खसेपछि उनका काका आशबहादुर भतिजालाई बचाउन भनेर झ्वाम्म हाम
फालेको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ ।
काभ्रे, ६ साउन
काभ्रे उद्योग वासिणज्यसंघ काभ्रेले जिल्ला विकास समिति काभ्रेले कानुन
विपरित दोहोरो कर उठाएको भन्दै काभ्रेली उद्योगी व्यवसायीहरु आन्द्योलनमा
उत्रने घोषणा गरेका छन् । विहिबार काभ्रे उद्योग वाणिज्य संघले बनेपामा
पत्रकार सम्मेलनको आयोजना गदैँ जिविस काभ्रेले सोमबार भित्र उठाउँदै आएको
निकासी कर नरोकेमा सोमबारबाट आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
काभ्रे, ६ साउन
आज ६ साउन विपी जयन्ती । देशभर विभिन्न कार्यक्रमहरु गरी विपी
जयन्ती मनाइँदैछ । राजनेता विश्वेश्वर प्रसाद कोइरालाको बखान गरेर कोही पनि
थाक्दैनन् । तर, उनै विपीको पुख्र्यौली गाउँ अझै ओझेलमा छ । विकास कुन
चरीको नाम हो ? यहाँका धेरैलाई थाहा छैन । अझ विश्वभर चर्चित विपी
कोइरालालाई यहाँका धेरै मान्छेले भुल्न थालिसके । विपीको गाउँ पुगेपछि
हामीले यस्तो देख्यौं :