Tuesday, 22 May 2012 05:09 pm, Nepal

बस दुर्घटनामा परी २२ जना घाइते

मेचीकाली : 2012-02-11 17:17:14

काभ्रे, २८ माघ : काभ्रेको भैंसेपाटीमा आज दिउँसो बस दुर्घटना हुँदा  भएको बस दुर्घटनामा २२ जना घाइते भएका छन् । काठमाण्डौंबाट धुलिखेलतर्फ आउँदै गरेको बा २ ख १३०५ नम्बरको बस काभ्रेको भैंसेपाटीमा पल्टिदा २२ जना घाइते भएका हुन् । घाइतेहरुको शिर मेमोरिल अस्पताल बनेपामा उपचार भइरहेको छ ।

पुरा पढ्नुहोस्

सात अपहरणकारी पक्राउ

मेचीकाली : 2012-02-08 16:09:00

बनेपा, २५ माघ : जिल्ला प्रहरी कार्यालय काभ्रेले अपहरणको काममा संलग्न भएको आरोपमा सातजनालाई पक्राउ गरेको छ । रु ९३ लाख फिरौती मागेर नदिएपछि ढुसेनी शिवाल–२ का ४७ वर्षीय दीपक भन्ने अनिरुद्र गौतमलाई अपहरण गर्ने समूहलाई पक्राउ गरिएको जिप्रका काभ्रेका प्रहरी नायब उपरीक्षक सुरेन्द्रप्रसाद मैनलीले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

पत्रकार केसीलाई निलम्बन गर्ने निर्णय

मेचीकाली : 2012-02-03 20:18:54

काभ्रे, २० माघ : नेपाल  पत्रकार महासंघ काभ्रेले महासंघका केन्द्रीय पार्षद प्रदिप केसीलाई निलम्बन गर्ने निर्णय गरेको छ । पत्रकार आचारसंहिता उल्लंघन गर्दै पत्रकारमाथि नै आक्रमणको योजना बनाउने, किर्ते जग्गाको विषयमा वार्गेनिङ गर्ने जस्ता महासंघको आचारसंहिता विपरित काम गरेको भन्दै केसीलाई निलम्बनको निर्णय गरिएको हो ।

पुरा पढ्नुहोस्

मोटरसाइकलमा राखेर रक्तचन्दन तस्करी पक्राउ

मेचीकाली : 2012-01-29 11:03:51

बनेपा, १५ माघ : नयाँ तरिका अपनाएर रक्तचन्दनको कारोबार गर्ने तीनजनालाई झन्डै २६ किलोग्राम रक्तचन्दन सहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक चक्रबहादुर सिंहले लामो आकारको झोलामा एक÷एक थान रक्तचन्दन राखेर ल्याइएको अवस्थामा प्रहरीको नियमित जाँचका क्रममा गएराति तिनलाई पक्राउ गरिएको हो ।

पुरा पढ्नुहोस्

जनआन्दोलनका घाइतेको नाउँमा प्रतिष्ठान गठन

मेचीकाली : 2012-01-28 17:46:16

बनेपा, १४ माघ : दोस्रो जनआन्दोलनका घाइते बनेपाका मुकेश कायस्थको नाममा मुकेश प्रतिष्ठान गठन भएको छ । सो प्रतिष्ठानको हास्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चायले संयुक्तरुपमा आज उदघाटन गर्नुभयो । मुकेशको आफ्नै निवासमा भएको सो समारोहमा बोल्दै हास्य कलाकार मदनकृष्ण श्रेष्ठले मुकेश सबैको गर्व भएको उल्लेख गर्नुभयो ।  

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु