धादिङ, २४ जेठ : बुटवलबाट दूध बोकेर काठमाडाँैतर्फ आउँदै गरेको ट्याङ्कर पृथ्वी राजमार्ग अन्तर्गत जोगिमारा गाविस वडा न.ं ९ ज्यामिरेघाटमा गएराति दुर्घटना हुँदा ट्याङ्करसहित दुई जना बेपत्ता भएका छन् ।
गजुरी (धादिङ), १० जेठ : पृथ्वीराजमार्गअन्तर्गत चितवनको दारेचोक गाविस–३ घोप्टेभीरमा गए राति पेट्रोल ट्याङ्कर पल्टिएर आगलागी हुँदा तीन जनाको जलेर मृत्यु भएको छ । प्रहरीका अनुसार अम्लेखजन्जबाट काठमाडाँैका लागि २० हजार लिटर पेट्रोल बोकेर गुडिरहेका ना४ख ३२६४ नम्बरको ट्याङ्कर सडकबाट करिब २५० मिटर तल त्रिशूली किनारमा पल्टिएको थियो ।
धादिङ, २९ चैत : उत्तरी धादिङको दार्खा–४ कुरिगाउँमा गएराति करेन्ट लागेर ६४ वर्षीय मेग तामाङको मृत्यु भएको छ । सो घटनामा अन्य १५ जना घाइते भएका छन् । लाइन सर्ट भइ करेन्ट लागेर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन आएको र प्रहरी टोली घटनास्थलमा पुगी सकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
धादिङ, २० फागुन : नेपाल विद्यार्थी संघको आह्वानमा आज भएको धादिङ बन्दका क्रममा केही बेर तनाव भएको छ । बन्द गराउँदै हिडेका नेविसंघका कार्यकर्ता र नेकपा एमालेको सातौ जिल्ला अधिवेशनमा सहभागी प्रतिनिधिकाबीचमा केहीबेर तनाव उत्पन्न भएको थियो । तनावका क्रममा केही निजी सावरी साधनमा क्षति पुगेको छ भने दोहोरो झडपलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
धादिङ, २१ माघ : धादिङ्गको रामबजारमा चार वर्षीया बालिकालाई आफ्नै छिमेकीले बलात्कार गरेका छन् । स्थानीय ४५ वर्षीय सुब्बा मिजारले बालिकालाई ललाइ फकाइ गरि घर नजिकै एकान्तमा लगेर हिजो साँझ बलात्कार गरेका थिए ।