आग्राखोला (धादिङ), ५ जेठ : काभ्रे जिल्लाको बनेपा नजिकै पर्ने धनेश्वरका स्थायी बासिन्दा हुन दौलतबहादुर थापा । ६५ बर्ष पार गरिसकेका दौलतबहादुर २५ बर्ष देखि धादिङ जिल्लाको महादेववेसी नजिकै रहेको आग्रा खोलामा गिट्टि फुटाएर जिवन निर्वाहका लागि कठिन परिश्रम गरिरहेका छन् ।
धादिङ, ४ जेठ : धादिङको कृष्णभीर क्षेत्रमा ग १ ज ४८७४ नम्बरको ट्याक्सी त्रिसुली नदीमा खस्दा ५ यात्रुको मृत्यु भएको छ । घटनामा धादिङ चैनपुरका कृष्ण दुवाडी, संजीव दुवाडी, रविन्द्र दुवाडी, धादिङ बेनिघाट वडा नम्बर ५ का राजकुमार श्रेष्ठ र कास्की लेखनाथ नगरपालिकाका रमेशप्रसाद ढुंगानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धादिङ, २३ वैशाख : गएको फागुन १५ गते काठमाडौको बबरमहल भएको बम विष्फोटमा परेर ज्यान गुमाएकाहरुको परिवारले राज्यवाट कुनै किसिमको सहायता नपाएको भन्दै आज बिहानैदेखि पृथ्वी राजमार्ग बन्द गराएका छन् । बन्दका कारण पृथ्वी राजमार्गअन्र्तगत धादिङ हुदै चल्ने लामा तथा छोटा दुरिका सवारी साधनहरु चल्न सकेको छैन ।
धादिङ, २२ वैशाख : चट्याङमा परेर गएराति धादिङमा तीन जनाको मृत्यु भएको छ । चट्याङका कारण एक दर्जन भन्दा बढी घरमा क्षति पुगेको छ । जिल्लाको महादेवस्थान गाविसको वडा नम्बर १ भैसेमा रहेको गोगने पेल्ट्रिक सेट नजिकै रहेको २ वटा घरमा क्षति पुग्दा ६५ वर्षका तोकबहादुर गुरुङ र ४५ वर्षका दीपबहादुर मगरको मृत्यु भएको हो ।
धादिङ, १८ वैशाख : गएको फागुन १५ गते काठमाण्डुको बबरमहलमा भएको बम विष्फोटमा परेर ज्यान गुमाएकाहरुको परिवारले राज्यबाट कुनै किसिमको सहायता नपाएको भन्दै धादिङ जिल्लाका नागरिक समाजका प्रतिनिधिहरुले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । घटना भएको दुई महिना बितिसक्दा पनि सरकारले पीडित परिवारलाई क्षतिपूर्ति नदिई उनीहरुको माग सुनुवाइ नगरेको भन्दै पीडित पक्षको माग सम्बोधन गर्न नागरिक समाजले सरकारलाई ध्यानाकर्षण गराएको हो ।