Tuesday, 22 May 2012 05:09 pm, Nepal

सेना समायोजनका लागि उपसमिति

मेचीकाली : 2010-10-02 22:02:04

-लडाकुको फोटोसहित विवरण दिन माओवादी सहमत

काठमाडौँ, १६ असोज : प्रधानमन्त्रीको अध्यक्षतामा रहेको सेना समायोजनसम्बन्धी विशेष समितिको बैठकले सेना समायोजन तथा पुनस्र्थापनाका सम्बन्धमा चार दिनभित्र खाका तयार पार्न उपसमिति गठन गरेको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकले माओवादी लडाकूको नाम, थर, ठेगाना र फोटोलगायतको विवरण समेट्ने प्रक्रियासहितको सुझाव समितिमा प्रस्तुत गर्न सो उपसमिति गठन गरेको हो । समितिमा एकीकृत नेकपा (माओवादी)का तर्फबाट वर्षमान पुन, नेपाली काँगे्रसका तर्फबाट डा रामशरण महत र नेकपा (एमाले)का तर्फबाट इश्वर पोखरेल रहेका छन् ।  समितिको यसअघि बसेको बैठकले असोज १ गतेदेखि माओवादी लडाकूलाई विशेष समिति मातहत राख्ने र आगामी पुस महिनाभित्र समायोजनको मुद्दालाई टुङ्ग्याउने निर्णय गरेको थियो ।

पुरा पढ्नुहोस्

राष्ट्रपति मुद्दामा आज फैसला

मेचीकाली : 2010-09-30 10:01:44

Presidentकाठमाडौं, १४ असोज : तत्कालिन प्रधानसेनापति रुकमांगत कटवाललाई बर्खास्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न राष्ट्रपछि डाक्टर रामवरण यादवले दिएको आदेशविरुद्ध सर्वोच्चमा परेको रिटको फैसला आज हुने भएको छ । आज दिउँसो तीन बजेपछि सर्वोच्च अदालतले फैसला सुनाउने बताइएको छ ।यसअघि ७ असोजमा फैसलाको मिति तोकिएको थियो । उक्त दिन तयारी नपुगेको भन्दै फैसला सुनाउने कार्य सारिएको थियो । न्यायाधीशत्रय तपवहादुर मगर, प्रेम शर्मा र मोहनप्रकाश सिटौलाको पूर्ण इजलासले आज फैसला सुनाउने भएको हो ।

पुरा पढ्नुहोस्

कोइरालालाई एक साता आरामको सल्लाह

मेचीकाली : 2010-09-28 14:20:28

susil काठमाडौँ, १२ असोज : नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको स्वास्थ्यमा सुधार आए पनि अझै एक साता आराम गर्न उहाँका उपचारमा संलग्न चिकित्सकले सल्लाह दिएका छन् । सभापति कोइरालाले मंगलबार बिहान संक्षिप्त कुरा गर्दै आफूलाई अहिले आराम महसुस भएको जानकारी दिए । एक सातादेखि त्रिविवि शिक्षण अस्पतालमा निमोनिया भएर उपचार गराइरहनुभएका कोइरालाको स्वास्थ्यमा निकै सुधार देखिएकाले मंगलबार साँझ स्वास्थ्य परीक्षण गरी सम्भवतः बुधबार घर पठाउने उपचारका संलग्न डा. करवीरनाथ योगीले बताए ।

पुरा पढ्नुहोस्

चरेससहित चार पक्राउ

मेचीकाली : 2010-09-24 12:05:10

धादिङ, ८ असोज : धादिङको बैरेनी–८ खेस्टेखोलाबाट चारवटा प्लास्टिकको जर्किनमा लुकाइ छिपाइ बजारतर्फ ल्याउँदै गरेको चरेससहित चारजनालाई शुक्रबार बिहान ३ः४५ बजे प्रहरीले पक्राउ गरेको छ ।    विशेष सूचनाको आधारमा पिछा गर्दै इलाका प्रहरी कार्यालय गजुरीको टोलीले चरेससहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक गाजियावादका नइम, वीरगन्जका प्रभु शाह र मुकेशकुमार र बाराका सिकिन्दरप्रसाद रहेका छन् ।

पुरा पढ्नुहोस्

सभासदलाई खुत्रुकेमा हालेर दशैंभत्ता पठाइयो

मेचीकाली : 2010-09-20 16:36:29

धादिङ, ४ असोज : संविधान निर्माणको लागि गएका सभासदहरु सरकार निर्माणको खेलमा तल्लिन भई संविधान निर्माणको कार्यलाई चासो नदिएको भन्दै धादिङका व्यापारी, किसान,मजदुर तथा अन्य पेशाकर्मीहरुले संविधानसभासदहरुलाई सोमबार दशैं भत्ता पठाएका छन् । धादिङका व्यापारि, किसान, मजदुर तथा अन्य पेशाकर्मीहरुले सोमबार जिल्ला प्रशासन कार्यालय धादिङमा गई प्रमुख जिल्ला अधिकारी भरत पौडेलखुत्रुकेमा संसद सचिवालयमा प्रत्येक सभासदलाई एक रुपैंया हुने गरी ६ सय १ रुपैंया रहेको खुत्रुके पठाएका हुन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु