Tuesday, 18 June 2013 10:24 am, Nepal

आयल निगम नयाँ कारोबार सुरु गर्दै

मेचीकाली : 2013-06-17 16:26:58

काठमाडौँ, ३ असार : नेपाल आयाल निगमले पट्रोलियम पदार्थको कारोबारको साथै विटुमिन, ल्युब, पेट्रोकेमिकल पदार्थ, हवाई ल्युब आदिकोे समेत नयाँ कारोबार सुरु गर्न लागेको छ ।  यसका लागि निगमले भारतीय आयल निगमसँग पहल अगाडि बढाइसेकेको र शीघ्र सम्झौता हुने निगमका कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले जानकारी दिनुभएको छ । 


पुरा पढ्नुहोस्

क्यान्सरको संकेत देखिएपछि राष्ट्रपति यादव थप उपचारका लागि जापान जादै

मेचीकाली : 2013-06-17 08:37:35

काठमाडौं, ३ असार  : राष्ट्रपति डा. रामवरण यादवको आन्द्रामा घाउ देखिएपछि थप उपचारको लागि आज जापान लगिने भएको छ । चिकित्सकले क्यान्सरको आशंका गरेपछि थप उपचारका लागि आज दिउँसो जापान लैजान लागिएको हो । आज दिउँसो थाइ एयरबाट जापान लगिने राष्ट्रपतिको कार्यालयले जनाएको छ । 


पुरा पढ्नुहोस्

उच्चस्तरीय राजनीतिक समितिको बैठक सुरु हुँदै, असन्तुष्ट दलपनि छलफलमा

मेचीकाली : 2013-06-17 08:37:00

काठमाडौं, ३ असार : उच्चस्तरीय राजनीतिक समितिको बैठक आज बस्दैछ । समितिको कार्यालय नयाँ बानेश्वरमा अहिले केही बेरमा बस्ने बैठकमा संविधानसभाको चुनावको मिति घोषणा पछिका जटिलताका विषयमा छलफल हुनेछ । सरकारले चुनावको मिति घोषणा गरेलगत्तै असन्तुष्ट दलहरुले आन्दोलन सुरु गरेपछि उनीहरुलाई सहमतिमा ल्याउने उपायका विषयमा पनि छलफल हुनेछ । 


पुरा पढ्नुहोस्

नेकपा माओवादीसहितका ४२ दलको वन्द, देशभरको जनजीवन प्रभावित

मेचीकाली : 2013-06-16 08:36:04

काठमाडौं, २ असार : चुनावको मिति घोषणमा असन्तुष्टि जनाउँदै सरकार विरुद्ध आन्दोलन गरिरहेका दलहरुले आज नेपाल बन्द गराएका छन् । नेकपा–माओवादी, संघीय लोकतान्त्रिक मोर्चा र संघिय समाजवादी सहितका सहित ४२ दलले सयुक्त रुपमा गरेको बन्दका कारण आज देशभरीको जनजीवन प्रभावित बनेको छ । 


पुरा पढ्नुहोस्

वन्दका कारण उच्चस्तरीय समितिको बैठक स्थगित

मेचीकाली : 2013-06-16 08:34:58

काठमाडौं, २ असार : बन्दका कारण उच्चस्तरीय राजनीतिक समितिको बैठक पनि प्रभावित भएको छ । फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले समितिको नेतृत्व सम्हालेपछि आज बोलाइएको पहिलो वैठक बन्दका कारण स्थगित गरिएको छ । गच्छदारले हिजोदेखि समितिको संयोजकको जिम्मेवारी पाएका थिए । 


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु