काठमाडौं, ६ जेठ : त्रिहत्तर वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरेर एक जना जापनी महिलाले नयाँ किर्तिमान राखेकी छिन् । जापानकी तामे वातानावेले सगरमाथाको उत्तरी मोहडा (तिब्बत) बाट शनिवार विहान सगरमाथाको सफल आरोहण गर्नुभएको हो । यसअघि सवैभन्दा धेरै उमेरमा सगरमाथा आरोहण गर्ने किर्तिमान उहाँकै नाममा थियो ।
काठमाडौं, ६ जेठ : प्रधानमन्त्री बाबुराम भट्टराईले मन्त्रीहरुको कार्यविभाजन गरेका छन् । तर, उनले आफ्नै पार्टीबाट उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई भने जिम्मेवारी तोक्न सकेनन् । शुक्रबार राती जिम्मेवारी तोकिएपछि श्रेष्ठबाहेक सबै मन्त्रीले मन्त्रालय पाएका छन् ।
काठमाडौं, २ जेठ : शासकीय स्वरुप र राज्य पुनरसंरचनाका बिषयमा कांग्रेसको नेतृत्वले पार्टीका केन्द्रिय सदस्य र सभासदहरुसंग आज बिहान छलफल गरेको छ । पार्टी सभापति सुशील कोइरालाको माहाराजगञ्ज स्थित निवासमा भएको छलफलमा पार्टी नेतृत्वले आहिलेसम्मका वार्ताहरुमा भएको छलफलका बारेमा जानकारी गराएको थियो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले जेठ १४ भित्रै संविधान आउने दावी गरेका छन् । उनले कुनै पनि हालतमा संविधानसभाको म्याद नथपिने बताए । विवाद समाधान उपसमितिको बैठकबाट बाहिरिएका दाहालले पत्रकारसँग संक्षिप्त प्रतिकृया दिंदै संविधान जेठ १४ भित्रै बन्ने र कुनै पनि हालतमा म्याद नथपिने बताएका हुन् । सोमबार दिनभरिमा नयाँ चिजको विकास हुने र त्यसपछि जेठ १४ भित्र संविधान घोषणाको वातावरण बन्ने उनले विश्वास व्यक्त गरे ।
काठमाडौँ, १ जेठ : मुस्ताङको मार्फा गाउँ विकास समिति– ५ मा आज बिहान भएको विमान दुर्घटनामा १५ जनाको ज्यान गएको छ भने ६ जना घाईते भएका छन् । पोखराबाट जोमसोमका लागि उडेको अग्नी एयरको जहाज जोमसोम विमानस्थल नजिकैको पहाडमा बिहा ९: ४५ मा ठोक्किएर दुर्घटनाग्रस्त भएको हो ।दुर्घटनामा चालक दलसहित २१ जना मध्ये १५ जनाको मृत्यु भएको हो ।