काठमाडौं, ३१ वैशाख : जातिय आधारमा राज्य पुनर्संरचना गर्न नहुने र आफूहरुलाई आदिवासीमा सूचिकृत गर्नुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिएका ब्राह्मण–क्षेत्री–ठकुरी–दशनामी–दलित लगायतका समुदायले आफ्ना माग पूरा गराउन थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
काठमाडौं, ३१ वैशाख : सरकारले थापाथलीमा रहेका सुकुम्बासीहरुलाई चोभारस्थित बन्द हिमाल सिमेण्ट कारखाना रहेको स्थानमा पुनःस्थापना गर्ने भएको छ । तत्कालका लागि चोभारमा राखिएपनि दीर्घकालीन रुपमा भने छिट्टै अर्को व्यवस्था गर्ने आश्वासन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले दिनुभएको छ ।
काठमाडौं, ३० वैशाख : अखण्ड सुदूरपश्चिम नागरिक आन्दोलन समिति र सरकारबीचको वार्ता निष्कर्षविहिन भएको छ । शान्ति मन्त्रालयमा आज भएको वार्ता विषय प्रवेश नभई स्थगित भएको वार्ता टोली सदस्य नैनसिंह महरले जानकारी दिनुभयो ।
काठमाडौं, २७ वैशाख : सरकारले बागमती नदीको किनार अतिक्रमण गरी बसेका सुकुम्बासीको घर टहरा हिजो प्रहरी र डोजर लगाएर हटाएपछि सयौं सुकुम्बासीले खुला आकाशमुनी रात काटेका छन् । बास बस्ने स्थान नपाएपछि कयौं बालबालिका र सूत्केरी महिलाको स्वास्थ्य अवस्था बिग्रिएको छ ।
काठमाडौं, २७ वैशाख : सङ्घीय संरचनालगायतका विषयमा सहमति जुटाउन नसकेपछि दलहरूले आज पनि छलफललाई निरन्तरता दिने भएका छन् । मुख्य विषयहरूमा दलहरूको अडान कायमै रहेपछि विवाद पनि कायमै रहेको छ । आज १० बजेपछि बस्ने मुख्य दलको बैठकमा राज्य पुनःसंरचना र शासकीय स्वरुपमा रहेका विवादमा सहमति जुटाउन प्रयास गरिने नेताहरूले बताएका छन् ।