काठमाडौँ १९ साउन
नेपालको
पछिल्लो राजनीतिक अवस्थाबारे राजनीतिक नेतृत्वसँग परामर्श गर्न भारतका
प्रधानमन्त्री मनमोहन सिंहले विशेषदूत खटाएका छन् । प्रधानमन्त्री सिंहका
विशेषदूतका रुपमा बुधबार दिउँसो आइपुगेका भूतपूर्व विदेशसचिव श्यामशरणले
विमानस्थलमा संवाददातासँग कुरा गर्दै जारी शान्ति प्रकि्रया र संविधान
लेखन सुनिश्चित भई नेपालमा आर्थिक समृद्धि होस् भन्ने भारतको चाहना रहेको
बताए ।
काठमाडौं, १९ साउन
नेपाली
सेना र संयुक्त राज्य अमेरिकी सेनाको प्यासिफिक कमाण्डको संयुक्त आयोजनामा
साउन १६ देखि सञ्चालित कमाण्डेण्टहरूको सम्मेलनले क्षेत्रीय शान्ति कार्य
तालिम केन्द्र स्थापना गर्ने निर्णय गरेको छ।राष्ट्रसंघीय शान्ति मिसनमा
खटिने एशियाली सदस्य राष्ट्रहरुबीच सहयोगका क्षेत्र पहिचान र विस्तार
गर्ने उद्देश्यले सैनिक क्षेत्रीय संगठनको स्थापना गर्ने निर्णय गरिएको
हो। सम्मेलनमा नेपाललगायत बंगलादेश, कम्बोडिया, इन्डोनेसिया, मलेसिया,
मंगोलिया, फिलिपिन्स, श्रीलंका र थाइल्याण्डका गरी जम्मा २१ जना शान्ति
कार्य तालिम केन्द्रका कमाण्डेण्ट तथा प्रतिनिधिको सहभागिता थियो।
काठमाडौं, १९ साउन
न्यायालय र न्यायाधीशविरुद्ध गालीगलौज गरेको अभियोगमा
मुद्दा खेपिरहेकी चार्ल्स सोभराजकी श्रीमती निहिता विश्वास तथा सासू
शकुन्तला थापालाई सर्वोच्च अदालतले थुनामा पठाएको छ। बयान नसकिएको भन्दै
दुवैलाई थुनामा पठाइएको हो। १४ साउनमा सोभराजलाई सर्वस्वसहित जन्मकैदको
सजाय दिने पुनरावेदन अदालतको फैसला सर्वोच्चले सदर गरेपछि विश्वास र
अधिवक्ता थापाले न्यायाधीशलाई गालीगलौज गरेका थिए।बलराम केसी र रामप्रसाद
कुमार शाहको इजालसमा भइरहेको सुनुवाइ बुधबार नसकिएपछि उनीहरुलाई थुनामा
पठाउने निर्णय गरिएको हो।
काठमाडौं, १९ साउन
नेपाल राष्ट्र बैकको अाधिकारीक वेभसाइट www.nrb.org.np
मंगलबार ह्रयाक भएको छ । वेभसाइट ह्रयाक गर्न युनीटी लाइफ इन्टरनेशनलको
हात भएको कुरा उक्त वेभसाइटमा दिइएको सुचना बाट थाहा हुन अाएको छ । अहिले
राष्ट्र बैकले साइट को सुरक्षालाइ ध्यानमा राखेर वेभसाइट बन्द
गराएको छ । पुर्ण सुरक्षित बनाएर मात्र वेभसाइट चलाउने राष्ट्र बैकले
जनाएको छ ।
नेताहरुसँग भेटघाट तीब्र
काठमाडौँ, १९ साउन
राष्ट्रपति डा. रामवरण यादवले केही
दिनयता राजनीतिक सक्रियता सुरु गरेका छन् । तीनपटकको निर्वाचनमा पनि देशले
नयाँ प्रधानमन्त्री पाउन नसकेपछि यादवको सक्रियता सुरु भएको हो ।
यहीक्रममा यादव र नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालबीच मुलुकको पछिल्लो
राजनीतिक अवस्थाका बारेमा आज बिहान भेटघाट भएको छ । भेटघाटका क्रममा व्यवस्थापिका संसद्मा प्रधानमन्त्रीको
निर्वाचन प्रक्रिया, राष्ट्रिय सहमति कायम गरी सहमतिको सरकार निर्माण ,
शान्ति प्रक्रियाका बारेमा कुराकानी भएको थियो ।