काठमाडौं, ४ वैशाख : पछिल्लो समय शेयर बजारमा शान्ति प्रक्रियाको प्रत्यक्ष प्रभाव देखिन थालेको छ । बजारले निरन्तर बुलिस ट्रेण्ड पक्रिंदा नेप्सेले थुपै्र पटक सर्किट बे्रक लगाउनु परेको छ । एक साताको अवधिमा बजार परिसूचक नेप्से ५० अंक बढीले उकालो लागिसकेको छ ।
काठमाडौं, ३ वैशाख : क्यासिनो तारामा मजदुर संगठन खोल्ने विषयमा विवाद भएको छ । एक हप्ता अगाडी कांग्रेसनिकट मजदुर संघ नेपाल पर्यटन होटल क्यासिनो तथा रेष्टुराँ श्रमिक संघले संगठन खोल्न १ सय ८४ जना मजदुरको हस्ताक्षर श्रम कार्यालयमा बुझाएको थियो ।
काठमाडौं, २६ चैत : प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको आर्थिक क्षेत्रको मेरुदण्ड कृषि भएकाले निजी क्षेत्रलाई लगानी बढाउन आग्रह गर्नुभएको छ । व्यवसायिक कृषि प्रवद्र्धनसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीको राजधानीमा उद्घाटन गर्दे भटट्राईले कृषि क्षेत्रको आधुनिकीकरणका लागि सरकारले तयारी गरिरहेको बताउनुभयो ।
काठमाडौं, २६ चैत : इन्डियन आयल कर्पोरेसन(आइओसी)ले बक्यौंता रकम बढ्दै गएको भन्दै नेपाल आउने ग्यास कटौती गर्न थालेको छ। आइओसीले विगत १० दिनदेखि झन्डै पचास प्रतिशत ग्यास कटौती गरेको छ। 'दश दिनदेखि मागको ५० प्रतिशत मात्रै ग्यास आएको छ,' ग्यास उद्योग संघका महासचिव कुश मल्लीले भने, 'अभाव हट्दै गएको बेला ग्यास कम आएपछि फेरि समस्या चर्किने देखिएको छ।'
काठमाडौं २५ चैत : संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको शनिवार वसेको साधारणसभाले अन्नपुर्ण पोष्ट दैनिकका पत्रकार यम विरहीलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ सात सदस्यीय नया कार्यसमितिको उपाध्यक्षमा गोरखापत्र दैनिकका कुमार विवेकानन्द मिश्र सर्वसम्मत निर्वाचित भएका छन् ।