भक्तपुर, २५ वैशाख : अनेरास्ववियुले आह्वान गरेको चक्काजामका क्रममा सरकारी गाडी तोडफोड गरिएको भन्दै भक्तपुरको गट्ठाघरबाट प्रहरीले आठजना अखिल कार्यकर्तालाई पक्राउ गरेको छ ।पशुपति क्याम्पस चाबहिलमा केही दिनअघि भएको घटनामा पक्राउ परेका आफ्ना कार्यकर्ता छाड्न माग गर्दै अखिलले आज उपत्यकाका क्याम्पसहरु अगाडि प्रदर्शन पनि गरेको थियो ।
भक्तपुर, २९ चैत : शिक्षा विभागले आर्थिक २०६८/०६९ का लागि मुलुकभरका विद्यालयमा अध्ययनरत विभिन्न समूहका विद्यार्थीलाई विभिन्न शीर्षकमा छात्रवृत्ति प्रदान गरेको छ । विभागले कक्षा एकदेखि आठसम्म अध्ययन गर्ने १३ लाख ६ हजार ८८ जना दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो ।
भक्तपुर, २७ चैत : नेपालको प्राचीन सहर भक्तपुरमा प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाउने प्रसिद्ध बिस्केटजात्रा यसवर्ष आजदेखि सुरु भएको छ । मुख्य गरी मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर भेलुखेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालिन्छ ।
भक्तपुर, १६ चैत : भक्तपुर गट्ठाघर घर भई ललिततपुरको ज्वागलमा बस्ने २५ वर्षिया भावना कार्कीको आफ्नै प्रेमीले हत्या गरेका छन् । भावनाको ज्वागस्थित उनकै डेरामा घांटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ । प्रेमिका हत्याको आरोपमा प्रहरीले कपिलबस्तु घर भई कुपण्डोल बस्ने सौगात ढकाललाई पक्राउ गरेको छ ।
भक्तपुर, १० चैत : नेपाल सरकारले सन् २०५० सम्ममा नेपाललाई क्षयरोग उन्मूलन राष्ट्र बनाउने भएको छ । राष्ट्रिय क्षयरोग केन्द्र र सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रका निर्देशक डा काशीकान्त झाले यसबारे जानकारी दिँदै नेपाललाई क्षयरोग उन्मुलन देश बनाउने अभियान सुरु गरेको बताउनुभयो ।