Tuesday, 22 May 2012 05:14 pm, Nepal

पर्यटकको आगमन बढेपछि नगरकोटका होटल खचाखच

मेचीकाली : 2011-11-18 16:28:22

नगरकोट-पर्यटकीय सिजनको सुरु भए लगत्तै भक्तपुरको मनोरम पर्यटकीयस्थल नगरकोटमा पर्यटकको आगमन ह्वात्तै बढेको छ । एक महिना अघिसम्म सामान्यरुपमा पर्यटकको आगमन हुने गरेकामा एकसातायता पर्यटकको आगमन बढेको पर्यटन व्यवसायीले बताएका छन् ।नगरकोटमा बाह्य र आन्तरिक पर्यटकको आगमन बढेपछि नगरकोटका ३६ वटा साना ठूला होटलमध्ये अधिकांश होटल भरिन थालेको पर्यटन व्यवसायी एवम् नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव दीपक लामिछानेले बताउनुभयो । ‘नगरकोटमा साँझ गएर भनेको अर्थात आफूले रोजेको होटलमा बस्न पाइँन्न, अग्रिम बुकिङ गरेर जानुपर्छ’, उहाँले भन्नुभयो – एक त पर्यटकको मौसम सुरु भएको छ, अर्को तर्फ यसवर्ष विगतका वर्षभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् ।  

पुरा पढ्नुहोस्

ओली र श्रेष्ठ परिवारबीच ओली निवासमा भेट

मेचीकाली : 2011-11-16 07:44:53

भक्तपुर, ३० कात्तिक : नेकपा (एमाले) का नेता केपी शर्मा ओली र ओखलढुङ्गाका मृतक उज्जनकुमार श्रेष्ठकी दिदी सावित्रा सहितको परिवारबीच मंगलबार साँझ ओली निवास बालकोटमा भेटघाट भएको छ ।    ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको सजायँ पाएका सभासद् बालकृष्ण ढुङ्गेललाई माफी दिने सरकारी सिफारिस खारेज गराउनका लागि दबाब दिन सो परिवारले सहयोग माग गरेको छ ।

पुरा पढ्नुहोस्

एकीकृत माओवादीको हमलापछि अज्ञात

मेचीकाली : 2011-11-14 15:05:11

कपिल कोइराला

भक्तपुर, २८ कात्तिक : माओवादीका एक समुहले पटक पटक साँघातिक हमला गरेपछी बेपत्ता भएका भक्तपुर वागेश्वरी ७ का धर्मराज काफ्लेको स्थिती अझै अज्ञात छ ।शान्ति सम्झौतामा आईसके पछि पनि वेला बेलामा धम्काउने, माओवादी पार्टीमा लाग्न दवाब दिने र कुटपीट गर्ने गरेपछी बेपत्ता भएका काफ्ले कहाँ र कुन अबस्थामा छन् भन्ने कुरा गाउँलेलाई समेत जानकारी छैन ।

पुरा पढ्नुहोस्

विकास बजेट मासेर विदेश घुम्न गएको खुलासा

मेचीकाली : 2011-11-11 10:34:51

भक्तपुर, २५ कात्तिक : भक्तपुर जिविसको विकास बजेट मासेर जिविसकै नेतृत्वमा कर्मचारी र राजनीतिक दलका प्रतिनिधि परिवारसहित भारतको विभित्र ठाउँ घुम्न गएको खुलासा भएको छ । गत सोमबार २१ गते सात दिने जिल्ला भ्रमणमा निस्केको १३ जनाको टोली र राजनीतिक दलका केही प्रतिनिधिले सँगै लगेका आफ्ना परिवारजनलाई बुधबारबाट भारत प्रवेश गराएको बिहीबार जिल्ला विकास समितिको कार्यालयले नै खुलासा गरेको हो ।

पुरा पढ्नुहोस्

एटिएमका सुरक्षा गार्ड मृत अवस्थामा भेटिए

मेचीकाली : 2011-11-08 11:44:21

भक्तपुर, २२ कात्तिक : भक्तपुरको सूर्यविनायकस्थित हिमालयन बैंकको एटिएमका सुरक्षा गार्ड आज बिहान बैंकमै मृत अवस्थामा फेला परेका छन् । नुवाकोट घर भई भक्तपुरको सानोथिमी बस्दै आएका वर्ष ६४ का विष्णु क्षेत्री आज बिहान बैंक परिसरमै मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी प्रभाग जगातेका प्रहरी निरीक्षक केशवप्रसाद थेबेले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु