भक्तपुर, ८ साउन
नेकपा (एमाले) का प्रभावशाली नेता एवं स्थायी समिति सदस्य केपी शर्मा ओलीले एकीकृत नेकपा (माओवादी) लाई कुनै पनि हालतमा सरकार बन्न नदिने बताएका छन् । नेकपा (एमाले), भक्तपुरले आयोजना गरको ३२आँै पुष्पलाल दिवसका अवसरमा आयोजित विचारगोष्ठीमा उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बन्न नदिने बताएका हुन् ।
भक्तपुर, ८ साउन
नेपाल
मजदूर किसान पार्टीले आफ्ना १५ सर्त पूरा गर्ने प्रतिबद्धता जनाउने पक्षलाई
सरकार गठनका लागि हुने प्रधानमन्त्रीको निर्वाचनमा सघाउने भएको छ। यसअघि
१८ बुँदे सर्त राख्दै आएको नेमकिपाले मुलुकमा देखापरेका नयाँ समस्याका
आधारमा देश र जनतासँग प्रत्यक्षरुपमा सरोकार राख्ने १५ बुँदे सर्त अघि
सारेको छ।
भक्तपुर, ३ साउन
मध्यपुर थिमी वडा नं ४, ५ र ६ नगदेशका महिला अभिभावकहरुलाई लागूपदार्थ दुर्व्यसन तथा एचआईभी÷एड्सबारे तीनदिने अभिमुखीकरण सोमबार सुरु भएको छ ।
सामाजिक सचेतनाका लागि युवा अभियानले नगदेशमा लागूपदार्थ प्रयोग गर्ने
युवाहरुको संख्या वृद्धि हुँदै आएपछि सोको न्यूनीकरणको लागि महिला
अभिभावकहरुलाई तालिम दिइएको हो । नगदेशमा गठित नौ वटा महिला समूहका एक सय
चालीस महिलाहरुलाई दिइएको उक्त अभिमुखीकरणको पहिलो दिन स्थानीय पचास जना
महिला सहभागी भएका थिए ।
ठिमी, ३ साउन
मध्यपुर ठिमी नगरपालिकाको सम्पन्न नगर अधिबेशनले नगरको विकासका लागि आर्थिक
वर्ष २०६७/०६८ का लागि कुल रु १४ करोड २३ लाखको बजेट विनियोजन गरेको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद पाठकले विनियोजित बजेटमध्ये
अधिकांश बजेट विकास कार्यका लागि छुट्ट्याइएको बताए । नगरपालिका क्षेत्रको
विकास, पर्यटनको विकास, सचेतना, महिला अग्रसरता, धार्मिक, साँस्कृतिक,
पुरातात्विक प्राचीन क्षेत्रको विकासका लागि नगरपालिकाले बजेट विनियोजन
गरेको छ ।
भक्तपुर, ३ साउन
साउने सोमबारको अवसर पारेर कटुञ्जे गाविस वडा नं ६ स्थित सुवर्णेश्वर
महादेव मन्दिर परिसरमा सोमबार वृक्षरोपण गरिएको छ । वातावरण संरक्षण मञ्च
भक्तपुर, सूर्यदल गण सूर्यविनायक, स्प्रिङ्गडेल इङ्गलिस स्कुल र कृष्ण हाउस
भक्तपुरको संयुक्त आयोजना वृक्षरोपण कार्यक्रम गरिएको हो । स्वच्छ
वातावरणका लागि ‘एक व्यक्ति एक वृक्ष’ भन्ने मूल नाराका साथ भएको
बृक्षारोपण कार्यक्रमको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले विरुवा
रोपी सुभारम्भ गरेका थिए ।