Tuesday, 22 May 2012 05:15 pm, Nepal

भारतले ब्याजसमेत असुल गरेको बिजुक्छेको आरोप

मेचीकाली : 2011-10-24 13:45:14

भक्तपुर, ७ कात्तिक : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले  लगानी सुरक्षासम्बन्धी बिपा सम्झौता गराएर भारतले अहिलेसम्म प्रधानमन्त्री डा बाबुुराम भट्टराईलाई भरणपोषण गरेको ब्याज असुल गरेको आरोप लगाउनुभएको छ ।     बिजुक्छे निवासमा आज भएको साक्षात्कारमा अध्यक्ष बिजुक्छेले सिङ्गो माओवादी पार्टीमा भारतीय लगानी रहेको पनि दोषारोपण गर्नुभयो ।   

पुरा पढ्नुहोस्

अब विद्यार्थीले एसएलसीको उत्तरपुस्तिका हेर्न पाउने

मेचीकाली : 2011-10-18 08:49:52

भक्तपुर १ कात्तिक : प्रवेशिका परीक्षाको उत्तरपुस्तिका हेर्न चाहने विद्यार्थीले अबदेखि आफ्नो उत्तरपुस्तिका हेर्न पाउने भएका छन् । राष्ट्रिय सूचना आयोगले उत्तरपुस्तिका हेर्न चाहने विद्यार्थीका लागि सो उपलब्ध गराउन परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएपछि कार्यालयले यस्तो व्यवस्था गर्न लागेको हो ।

पुरा पढ्नुहोस्

तरकारीखेतीमा भक्तपुर नमूना जिल्ला बन्दै

मेचीकाली : 2011-10-13 20:35:59

भक्तपुर, २६ असोज : बाहिरी जिल्लाबाट भक्तपुरमा आएर जग्गा बहालमा लिएर तरकारीखेती गर्नेहरु हरेक वर्ष बढ्दै गएका छन् । भक्तपुरमा केही वर्ष अघिसम्म स्थानीय नेवार समुदायले मात्र गर्दै आएको तरकारीखेतीमा जिल्लाका बाहुन, क्षेत्रीलगायत अन्य जातजातिले पनि व्यावसायिक कृषि पेसा सुरु गरेका छन् ।

पुरा पढ्नुहोस्

पहिरोले दस घर जोखिममा, आवागमनमा बाधा

मेचीकाली : 2011-10-12 10:17:44

भक्तपुर, २५ असोज : दुई साताअघिसम्म परेको अविरल वर्षाले गएको पहिरोका कारण भक्तपुरको ताथली गाविस वडा नं. ६ सौडोलको १० वटा घर जोखिममा परेको छ । पहिरोले गाउँमा जाने १५ फिटको कच्ची सडकसमेत बगाएपछि गाउँमा आवतजावत गर्नसमेत कठिनाइ भएको छ । पहिरो रोकथाम गर्न नसक्दा करिब १५० फिट तलसम्म सडक भासिएर गएको छ भने यहाँका छवटा घर उच्च जोखिममा र चारवटा घर सामान्य जोखिममा परेका छन् ।

पुरा पढ्नुहोस्

एसओएसका अनाथ बालबालिका र बालसुधारगृहका बालबालिकाले पनि मनाए दसैँ

मेचीकाली : 2011-10-07 20:49:28

भक्तपुर, २० असोज : विभिन्न कारणले बाबुआमा गुमाएर अनाथ भई एसओएस बालग्राम सानोठिमीमा बसेका बालबालिका र विभिन्न अपराधमा संलग्न रहेर बालसुधार गृह ठिमीमा बसेका बालबालिकाले पनि दसँै मनाएका छन् । बालग्रामभित्र रहेका बालबालिकाले ग्रामभित्रै बनाइएका विभिन्न परिवार र आफन्तबीच रमाइलोसँग दसँै मनाएका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु