Wednesday, 22 May 2013 12:36 pm, Nepal

रातो मच्छिन्द्रनाथको जात्रा आज सुरु हुँदै

मेचीकाली : 2013-05-13 08:38:41

ललितपुर, ३० वैशाख : वर्षा र सहकालका देवताका रूपमा चिनिने रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि ललितपुरमा सुरु हुने भएको छ । ललितपुर गुठी संस्थानका अनुसार ललितपुरको पुल्चोकमा आज रातो मच्छिन्द्रनाथलाई रथमा विराजमान गराई परम्परागतरूपमा बाजागाजाका साथ रथ तान्ने काम सुरु गरिनेछ ।  


पुरा पढ्नुहोस्

राष्ट्रपतिले चारपटकसम्म 'कु' को प्रयास गरको भट्टराईको दाबी

मेचीकाली : 2013-04-19 17:39:30

ललितपुर, ६ वैशाख : पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले राष्ट्रपति डा. रामवरण यादवले चार पटक सत्ता कब्जाको प्रयास गरेको आरोप लगाउनुभएको छ । आफ्नै निवास सानेपामा शुक्रबार पत्रकारसँग भट्टराइले  राष्ट्रपतिमाथि गम्भीर आरोप लगाउनुभएको हो ।


पुरा पढ्नुहोस्

ललितपुर महोत्सन आजदेखि सुरु हुँदै

मेचीकाली : 2013-03-28 08:38:37

ललितपुर, १५ चैत : ललितपुर महोत्सव आजदेखि पाटनको मंगलबजारमा शुरु हुँदैछ । केहीबेररमा पाटनढोकाबाट सांस्कृतिक ¥याली सहित महोत्सव सुरु हुन लागेको हो । महोत्सवको नारा कला संस्कृति र सम्पदा हाम्रो सभ्यता, सामाजिक आर्थिक विकासका लागि ललितपुर महोत्सव तय गरिएको छ । 


पुरा पढ्नुहोस्

मुलुकलाई अफलताबाट रोक्न रेग्मी नेतृत्व : गौतम

मेचीकाली : 2013-03-16 14:39:23

ललितपुर, ३ चैत : नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले मुलुकलाई असफल राष्ट्र हुनबाट बचाउनकै लागि प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकार स्वीकार्नु परेको बताएका छन् । आज ललितपुरमा भएको एक कार्यक्रममा उपाध्यक्ष गौतमले लोकतन्त्रको आधारस्तम्भ भनेकै निर्वाचन भएकोमा जोड दिदै पार्टीभित्र र बाहिर असन्तुष्टि तथा कठिनाइ हुँदा पनि प्रधानन्यायाधीश रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिन सहमत हुनुपरेको बताए । 


पुरा पढ्नुहोस्

बालुवाटार छाडेर सानेपा गएपछि बाराभले भने, 'संविधानसभाको चुनाव गर्ने शर्तमा सत्ता छाडेको'

मेचीकाली : 2013-03-14 17:35:21

ललितपुर, १ चैत : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभाको चुनाव गर्ने शर्तमा मात्रै आफूले सत्ता छाडेको बताउनुभएको छ । निजी निवास ललितपुरको सानेपामा पत्रकार सम्मेलन गरी पूर्व प्रधानमन्त्री भट्टराईले संविधानसभाको चुनाव गर्ने वातावरण बनाउन मुख्य दलहरूबीच बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति बनेकोले आफूले सरकार छाडेर सहयोग गरेको बताउनुभयो । 


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

रातो मच्छिन्द्रनाथको रथयात्रा

भिडियो : कृष्णगोपाल श्रेष्ठ

थप भिडियोहरु