ललितपुर, १३ वैशाख : काठमाडौ उपत्यकाको सबैभन्दा लामो जात्राको रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको पाटनमा आजदेखि शुरु हुँदैछ । पुल्चोकमा तयार पारिएको रथ पूजाआजा सहित बेलुकी ५ बजेपछि गाःबहाल पु¥याइन्छ ।
ललितपुर, ५ वैशाख : दोस्रो जनआन्दोलनका घाइते ललितपुर धापाखेलका श्याम मालीको आज विहान निधन भएको छ । ४१ वर्षका मालीलाई गएराति हृदयाघात भएपछि ललितपुरस्थित पाटन अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा आज विहान मालीको निधन भएको अस्पतालले जनाएको छ ।
ललितपुर, २८ चैत : नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष जस्तै यसवर्ष पनि आज विशेष समारोह बीच उद्योग वाणिज्य दिवस–२०६८ मनाउने भएको छ । २०२२ सालमा स्थापित नेपाली उद्योगी व्यसायीहरुको संघीय प्रतिनिधिमुलक संस्था महासंघले नेपाल सरकारमा विधिवत दर्ता भएको दिन अर्थात चैत्र २८ लाई २०५६ सालदेखि उद्योग वाणिज्य दिवसको रुपमा मनाउंदै आएको छ ।
ललितपुर, १३ चैत : गाई काटेको विषयलाई लिएर ललितपुरको गोदामचौर तनावग्रस्त बनेको छ । ठूलो संख्यामा भेला भएका स्थानीयबासी/ गाई काट्ने काममा संलग्नलाई आफुहरुकै अगाडि कारवाही गर्नुपर्ने भन्दै प्रदर्शनमा उत्रेपछि स्थिति तनावपुर्ण बनेको हो ।
ललितपुर, ८ चैत : बर्ड फ्लु संक्रमणको पुष्टि भएपछि ललितपुरको भैँसेपाटीस्थित एक कुखुरा फर्मका ६ हजार कुखुरा नष्ट गरिएको छ । शनिवारदेखि कुखुरा मर्न थालेपछि गरिएको प्रारम्भिक परिक्षणबाट बर्डफ्लु भएको पुष्टि भएको हो । परिक्षण प्रतिवेदनका आधारमा जिल्ला प्रशासनले घटनास्थललाई संक्रमित क्षेत्र घोषणा गरी पशु चिकित्सक सहितको टोलीले कुखुरा नष्ट गरेको हो ।