Tuesday, 22 May 2012 05:16 pm, Nepal

ललितपुरका सामूदायिक स्कुलमा निःशुल्क इन्टरनेट

मेचीकाली : 2010-12-03 17:49:54

ललितपुर–ब्रोडलिङ्कले ललितपुरका सामुदायिक उच्च माविहरुमा निःशुल्क इन्टरनेट सेवा दिने भएको छ ।    ब्रोडलिङ्क नेटवर्क एन्ड कम्युनिकेसन प्रालिका प्रमुख–कार्यकारी निर्देशक विनोद तिमल्सिनाका अनुसार सूचनाको पहुँचबाट पछाडि परेका ललितपुरको पहाडी क्षेत्रलाई लक्षित गर्दै चौघरे, बुखेलको उनीउँचौर र कालेश्वर क्षेत्रभित्र टावर निर्माण गरिनेछ । एक महिनाभित्र ललितपुरका अधिकांश भागमा इन्टरनेट सेवा सञ्चालन हुने उनले जानकारी दिए ।

पुरा पढ्नुहोस्

विए दोस्रो बर्षको परीक्षा विथोलियो

मेचीकाली : 2010-12-02 13:56:02

परीक्षा दिन नपाएपछि विद्यार्थीको विचल्ली

ललितपुर, १६ मंसिर : स्नातक तह दोस्रो वर्षको अनिवार्य अङ्ग्रेजी विषयको विहीबारको परीक्षा ललितपुरस्थित पाटन बहुमुखी क्याम्पस केन्द्रमा बिथोलिएको छ । स्ववियुका केही पदाधिकारी र विद्यार्थीहरुले परीक्षा चलिरहेको समयमा कक्षाकोठा भित्र छिरेर उत्तरपुस्तिका र पेपर खोसेर च्यातिदिएपछि परीक्षा बिथोलिएको हो ।परीक्षा सुरु भएको एक घण्टापछि स्ववियु पदाधिकारी र विद्यार्थीहरु कक्षा कोठा भित्र पसेर उत्तर पुस्तिका र पेपर च्यातिदिएका थिए ।

पुरा पढ्नुहोस्

संविधानसभा र संसद विघटनको माग

मेचीकाली : 2010-11-28 14:50:17

ललितपुर, १२ म‌सिर : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभा र व्यवस्थापिका संसद्को औचित्य समाप्त भएकाले ताजा जनादेश लिनुपर्ने धारणा अघि सारेको छ । पार्टीको आइतबारदेखि ललितपुरमा सुरु भएको दुईदिने केन्द्रीय कार्यसमितिको बैठकले संविधान बनाउन नसक्ने संविधानसभा र बारम्बार निर्वाचन गरेर पनि प्रधानमन्त्री चयन गर्न नसक्ने व्यवस्थापिका संसद्को औचित्य नभएकाले दुवैलाई विगठन गरी ताजा जनादेशका लागि जनदबाब सिर्जना गराउन कार्यदिशा तय गर्ने भएको छ ।

पुरा पढ्नुहोस्

६७ हजारले खिचाए मतादाताका लागि फोटो

मेचीकाली : 2010-11-25 08:39:01

ललितपुर, ९ मंसिर : ललितपुर उपमहानगरपालिकामा सञ्चालित तस्बिरसहितको मतदाता नामावली सङ्कलन कार्यक्रममा अनुमान गरेभन्दा बढी मतदाताले फोटो खिचाएका छन् । फोटो र नामावली सङ्कलन प्रारम्भमाभन्दा पछिल्ला दिनमा उत्साहजनक रुपमा बढेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एक लाख तीन हजार मतदाता रहेको ललितपुरमा ६७ हजारले फोटो खिचाएका छन् । ललितपुरका निर्वाचन अधिकृत लक्ष्मी पाण्डे मतदाता परिचयपत्रका बारेमा प्रचारप्रसार व्यापक भएपछि फोटो खिचाउनेको सङ्ख्या उल्लेख्य रुपमा बढेको बताए ।

पुरा पढ्नुहोस्

सम्झौताअनुरुप काम भएन : आयोग

मेचीकाली : 2010-11-21 16:24:23

ललितपुर, ५ मंसिर :  राष्ट्रिय मानवअधिकार आयोगले विस्तृत शान्ति सम्झौता भएको   चार वर्षको दौरानमा सम्झौतारत पक्षबाटै प्रतिवद्धताअनुरुप काम हुन नसकेको जनाएको छ ।     विस्तृत शान्ति सम्झौताको चौथो वर्षको सन्दर्भमा मानवअधिकारसम्बन्धी प्रमुख प्रतिवद्धता तथा कार्यान्वयनको अवस्था नामक प्रतिवेदन आज यहाँ सार्वजनिक गर्दै आयोगले सम्झौताको सुरुको अवस्थामा कार्यान्वयन प्रतिवद्धतामा देखाइएको सक्रियताअनुरुप पछि काम नभएको निष्कर्ष निकालेको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु