ललितपुर, २१ असोज : ललितपुर उपनगरपालिका–१५ पाटन औधोगिक क्षेत्रस्थित एक काठ फर्निचर उद्योगमा अचानक आगलागी हुँदा करिब पाँच लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । हिमाल ताम्राकारले सञ्चालन गरेको उक्त उद्योगमा भएको आगलागीबाट विभिन्न काठका फर्निचरहरु जलेका छन् । उक्त आगलागी प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
ललितपुर, ८ असोज : ललितपुरको लामाटार गाविस र विशङ्खुनारायण गाविसस्थित कोटडाँडामा आज बिहान करिब ७ :३० बजे बुद्ध एयरको एक विमान दुर्घटनाको आवाजले आसपासका बासिन्दा त्रस्त हुन पुगे । एक कान दुई कान मैदान हुँदै सबैले थाहा पाए – ‘विमान दुर्घटना भएको रहेछ ।’ सायद सञ्चार सम्पर्कले पनि होला आधा घन्टाको बीचमा धेरैले यो दुर्घटनाको सूचना पाइसकेका थिए ।
-तस्वीरहरु : राससनेपालमा पछिल्लो समय हवाई दुर्घटना बढेको छ । एउटा दुर्घटनाको दुखद खबर सेलाउन नपाउँदै अर्को दुर्घटनाको खबर आउन थालेका छन् अचेल । नेपाली हवाई इतिहासमा अहिलेसम्म सबैभन्दा सुरक्षित मानिएको वुद्ध एअरको दुर्घटना आइतबार बिहान ललितपुरको कोटडाँडामा दुर्घटनाग्रस्त भयो । चालक दलका तीन नेपाली सदस्य, तीन जना नेपाली यात्रु, र १३ जना विदेशी पर्यटकको निधन भएको छ । दुर्घटनापछि कस्तो देखियो कोटडाँडा प्रस्तुत छ कोटडाँडाको फोटो फिचर :
ललितपुर, ८ असोज : त्रिभुवन विमानस्थलबाट माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा जहाज उपत्यका प्रवेश गर्ने क्रममा ललितपुरको विशङ्खुनारायण गाविस र लामाटार गाविसबीचको सीमा कोटडाँडामा आज बिहान दुर्घटना हुँदा त्यसमा सवार सबै १९ जनाको मृत्यु भएको छ। दुर्घटनास्थलबाट ३६ वर्षीय निराजन कर्माचार्यको जीवितै उद्धार गरिए पनि उनको पनि मृत्यु भएको छ।
ललितपुर, २० भदौ : नेपाली काँग्रेसले यस्तै सेना समायोजन गर्दा बढीमा चार हजारसम्म समावेश गर्न सकिने प्रस्ताव अघि सारेको छ । काँग्रेसले वरिष्ठ नेता शेरबहादुर देउवाको संयोजकत्वमा गठन गरिएको शान्ति प्रक्रियासम्बन्धी समितिले उक्त प्रस्ताव राखेको हो । आज बसेको बैठकले शान्तिप्रक्रिया सम्वन्धी देउवाको प्रस्ताव र संविधान लेखनसम्बन्धी रामचन्द्र पौडेल संयोजकत्वको समितिको छुट्टाछुट्टै प्रस्तावको अन्तिम टुङ्गो लगाएको छ ।