Tuesday, 22 May 2012 05:19 pm, Nepal

प्रेस चौतारी चितवनका अध्यक्ष नेपाललाई कुटपिट

मेचीकाली : 2012-05-11 11:36:25

चितवन, २९ वैशाख : बन्दमा मोटरसाईकल चलाएको भन्दै प्रदर्शनकारीले पुर्वी चितवनको बकुलहर चोकमा प्रेस चौतारी चितवनका जिल्ला अध्यक्ष शालिकराम नेपाल माथि आज बिहान कुटपिट गरेका छन् । बा ३१ प ५५५५ नम्बरको मोटर साईकलमा सवार पत्रकार नेपाललाई सडक अवरुद्ध गरिरहेका प्रदर्शनकारीले बीच बाटोमै रोकेर कुटपिट गरेका हुन् ।  


पुरा पढ्नुहोस्

चार निजी विद्यालयमा तोडफोड

मेचीकाली : 2012-05-03 19:55:46

चितवन, २१ वैशाख : तालाबन्दी अवज्ञा गरेको भन्दै विद्यार्थीले भरतपुरका चारवटा निजी विद्यालयमा तोडफोड गरेका छन् । शुल्क वृद्धिको विरोधमा लेखा शाखामा तालाबन्दी भएको अवस्थामा भर्ना कार्य जारी राखेको भन्दै विद्यार्थीले भरतपुरको अरोमा, मृगस्थली, वाल्मिकी र सिद्धार्थ स्कुलमा तोडफोड गरेका हुन् ।


पुरा पढ्नुहोस्

चितवनमा विद्युत चोर्ने ५३ जना पक्राउ

मेचीकाली : 2012-05-01 15:48:19

चितवन, १९ वैशाख : नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुर र  टाँडी शाखाले विद्युत चुहावट नियन्त्रण अभियानलाई तिव्रता दिएको छ । अभियान अन्र्तगत विद्युत चोर्ने जिल्लाका ५३ जनालाई नियन्त्रणमा लिइएको छ । जिल्लाको पश्चिम चितवनबाट २७ र पुर्वी चितवनबाट २५ जनालाई नियन्त्रणमा लिएको प्राधिकरणले जनाएको छ ।


पुरा पढ्नुहोस्

चितवनमा विद्युत चुहावट नियन्त्रण अभियान तिव्र, आज विहान २४ जना पक्राउ

मेचीकाली : 2012-04-20 11:46:12

चितवन, ८ बैशाख : चितवनमा विद्युत चुहावट नियन्त्रण अभियानलाई तिब्र पारिएको छ । विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले पछिल्लो समयमा विद्युत चोरी गर्नेहरुलाई लगातार कारबाही गरिरहेको छ । प्राधिकरणको टोलीले आज बिहानै पश्चिम चितवनका बिभिन्न स्थानबाट २४ जनालाई विद्युत चोरीमा संलग्न भएकोले पक्राउ गरिएको छ । 


पुरा पढ्नुहोस्

तेस्रो डिभिजनमा भोलि वर्गिकरणको काम सकिने

मेचीकाली : 2012-04-16 08:48:09

चितवन, ४ वैशाख : चितवनको शक्तिखोर स्थित तेस्रो डिभिजनमा बिहानै लडाकु वर्गिकरणको काम सुरु भएको छ । विहान ८ वजे देखि सुरु भएको काम साँझ ५ बजेसम्म जारी रहने सेना समायोजन विषेश समिति अन्र्तगतको सचिवालयका संयोजक बालानन्द शर्माले जानकारी दिनुभयो । 


पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु