Tuesday, 22 May 2012 05:19 pm, Nepal

माओवादी तेस्रो डिभिजनका दुईजना कमाण्डर काठ तस्कर !

मेचीकाली : 2012-03-03 13:08:41

चितवन, २० फागुन : चितवनको शक्तिखोरमा रहेको माओवादी तेस्रो डिभिजनका दुईजना कमाण्डर काठ तस्करमा प्रगोग गरिएको गाडीसहित गएराति  पक्राउ परेका छन् । पूर्वी  चितवनको उदयपुर सामुदायिक वन जुटपानीको क्षेत्रबाट चोरी गरि लैजाँदै गरेको अवस्थामा सालका तीनथान गोलियासहित दिनेश रामजी स्मृति ब्रिगेडका वटालियन कमाण्डर भीमबहादुर केसी र कंम्पनी कमाण्डर लक्ष्मण धामी पक्राउ परेका हुन् ।

पुरा पढ्नुहोस्

मिनिबस पल्टिँदा ३३ जना घाइते, तीनको अवस्था गम्भीर

मेचीकाली : 2012-03-02 14:39:31

चितवन, १९ फागुन : चितवनको मंगलपुरमा भएको मिनिबस दुर्घटनामा ३३ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पश्चिम चितवनको गोब्रेनीबाट नारायणगढ तर्फ आउँदै गरेको ना ३ ख ८५२५ नम्बरको मिनिबस दुर्घटना भएको हो ।

पुरा पढ्नुहोस्

त्रिशूलीमा ट्रक खस्दा चालकको मृत्यु

मेचीकाली : 2012-02-28 12:56:13

चितवन, १६ फागुन : नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालस्थित सडकबाट मालबाहक ट्रक आज त्रिशूली नदी किनारमा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा चालक मकवानपुर हटिया–९ का ४० वर्षीय बाबुराम विक रहेका छन् ।

पुरा पढ्नुहोस्

पीडित पक्षसँगको सहमतिपछि बाटो खुल्यो

मेचीकाली : 2012-02-20 19:42:44

चितवन, ८ फागुन : प्रहरीको कुटाईबाट चितवनको चन्डीभन्ज्याङमा गएराति एक युवकको मृत्यु भएपछि युवा सङ्घ चितवनले आह्वान गरेको चितवन बन्द अपराह्नबाट फिर्ता लिइएको छ ।

पुरा पढ्नुहोस्

शिवरात्रीमा रकम उठाउनेसँग प्रहरीको झडप, १ जनाको मृत्यु

मेचीकाली : 2012-02-20 08:41:54

चितवन, ८ फागुन : शिबरात्रिका लागि रकम उठाउने क्रममा प्रहरीले अबरोध गरेपछि प्रहरीसंग भएको झडपमा चितवनको चण्डीभञ्ज्याङमा एक जनाको मृत्यु भएकमो छ । चण्डीभञ्ज्याङ ९ का १८ बर्षीय रबिन गुरुङको मृत्यु भएको हो । चण्डीभञ्ज्याङ ५ मा गाडीहरुसंग रकम असुलिरहेको थाहा पाएर पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरीको टोलीसंग भनाभन भएपछि सामान्य हात हालाहाल भएको थियो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु