हेटौँडा, ७ जेठ : हेटौँडा–कुलेखानी–काठमाडौ सुरुङमार्गको निमाणकार्य एक महिनाभित्र सुरु हुने भएको छ । निर्माण व्यवसायी महासङ्घका अध्यक्ष एवम् सुरुङमार्ग निर्माणका सञ्चालक जयराम लामिछानेले सो सुरुङमार्ग एक महिनाभित्र निर्माण प्रक्रियामा जाने बताउनुभयो ।
हेटौँडा, ९ वैशाख : हेटौँडा नगरपालिका वडा नं–२ स्थित आफ्नै पसलमा बसिरहेकी १८ वर्षकी एक युवतीमाथि एक युवक तेजाव खन्याई फरार भएका छन् । बिन्ध्यावासिनी कंसाकारमाथि हेटौँडा मै बस्ने राजकेशर नाम गरेको एक युवकले तेजाव खन्याएका हुन् । घाइते कंसाकारको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौँडा, ९ वैशाख : मकवानपुर जिल्लाको भैसे गाविस–१ स्थित कुलेखानी जलविद्युत् आयोजनाको हाताभित्र रहेका तीन विद्युत् ट्रान्सफर्मरको अहिले तीव्ररूपमा मर्मत भइरहेको छ । सो आयोजनाले आगामी १० दिनभित्र जलेका ट्रान्सफर्मरको मर्मत गरेर प्रथम चरणमा ३२ मेगावाटमध्ये १० मेघावाट विद्युत् उत्पादन गर्ने तयारी गरिरहेको छ ।
हेटौँडा, १३ चैत : मकवानपुर जिल्लामा आजदेखि दैनिक दुई घण्टा विद्युत् भार कटौती घटेको छ । यहाँ दैनिक १० घण्टा विद्युत् कटौती हुँदै आएकामा आज बिहानदेखि दुई घण्टा घटाएर आठ घन्टामा झारेको नेपाल विद्युत् प्राधिकरण मध्यमाञ्चल ग्रीड महाशाखा हेटौँडाले जनाएको छ । मकवानपुरमा अब हप्तामा ५६ घण्टामात्र विद्युत् भार कटौती हुने बताइएको छ ।
हेटौंडा, ६ चैत : जिल्ला अदालत मकवानपुरले किशोरी बलात्कारको मुद्दामा दोषी ठहर गर्दै तीन जनालाई २ देखि ५ वर्षसम्मको कैद सजाय सुनाएको छ । न्यायाधीश टेकनारायण कुवंरको एकल ईजलासले एक किशोरीको बलात्कारमा संलग्न भएको अभियोग पुष्टी गर्दै मकवानपुर हटियाका जनक श्रेष्ठलाई ५ वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना तिराउने फैसला सुनाएको हो ।