मकवानपुर, ६ जेठ : मकवानपुरको छतिवनमा ट्रक पल्टदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । छतिवनको तिनतलेमा भएको दुर्घटनामा परेर मन्थलीका २५ वर्षका राजन सञ्जेलको उपचारको क्रममा मृत्यु भएको हो ।
मकवमनपुर, १ जेठ : जनता आवास कार्यक्रम अन्तर्गत नेपाल सरकारले मकवानपुरका विपन्न चेपाङ समुदायमा निर्माण सुरु गरेको एक सय ९९ वटा घरमध्ये १६ वटा मात्र पूर्ण रुपमा निर्माण भएको छ । जिल्लाको हाँडीखोला, मनहरी, राक्सिराङ, काँकडा र सरिखेत गाविसमा आर्थिक वर्ष २०६८÷०६९ का लागि १ सय ९९ वटा घर निर्माण थालनी गरिएको थियो ।
मकवानपुर, २३ चैत : मकवानपुरको गढीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । गएराति आफ्नै घरमा सुतिरहेको समयमा चट्याङ लागेर ३० वर्षका घनश्याम न्यौपानेको मृत्यु भएको हो । स्थानिय देवकी घिमिरे भने घाइते हुनु भएको छ । देवकीको भरतपुर अस्पताल उपचार भइरहेको छ ।
मकवानपुर, ११ चैत : करिब डेढ वर्षको अवधिमा वैदेशिक रोजगारीमा संलग्न २ हजार ८ सय २२ जनालाई उद्धार गरिएका मध्ये ४ सय १५ जनाले मानसिक सन्तुलन गुमाएको जानकारी दिइएको छ । हेटौंडामा आज भएको मानव अधिकारका लागि जनमञ्च पिपुल फोरम र पौरखी नेपालको कार्यक्रममा युएन ओमनले गरेको यस्तो जानकारी सार्वजनिक गरिएको हो ।
मकवानपुर, १० चैत : आज विहान हेटौंडामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जना घाइते भएका छन् । विहान रातोमाटेबाट हेटौंडातर्फ आउदैं गरेको ना १ ह ४७४ नम्बरको ट्याम्पो बे्रक फेल भइ पल्टिदा चालकसहित ६ जना घाइते भएका छन् ।