Tuesday, 22 May 2012 05:21 pm, Nepal

छुट्टा-छुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

मेचीकाली : 2010-10-13 10:49:19

हेटौडा, २७ असोज : मकवानपुर र झापामा भएका दुर्घटनामा दसईजनाको ज्यान गएको छ । दुबै घटना मंगलबार राती भएका हुन् । पूर्वपश्चिम राजमार्गको बसामाडी तिनताप्केमा गएराति भएको सडक दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ । द्रुतगतिमा हुइँकिएको मालवाहक ट्रकले ठक्कर दिँदा बसामाडी–३ का ७० वर्षीय तिघ्रे नेगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पुरा पढ्नुहोस्

मङ्सिरबाट शिवम् सिमेन्टको उत्पादन

मेचीकाली : 2010-10-11 17:03:51

हेटौँडा, २५ असोज : मकवानपुरको हटियामा निर्माणाधिन शिवम् सिमेन्टले मङ्सिरदेखि उत्पादन गर्ने भएको छ ।  दिनमा एक हजार दुई सय टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएर निर्माण सुरु गरिएको उक्त सिमेन्ट उद्योगको निर्माण कार्य अन्तिम चरणमा पुगेको उद्योगका प्रबन्धक शिरोमणि ढकालले बताएका छन् । सिमेन्ट उत्पादन पश्चात देशको सिमेन्टको मागको १५ प्रतिशत सो उद्योगबाट उत्पादित सिमेन्टले पूरा गर्ने छ ।मकवानपुरको हटिया वडा नं ४ र ५ मा ५२ बिघा क्षेत्रफलमा निर्माण भइरहेको उक्त उद्योगको निर्माण कार्यमा अहिले दैनिक नेपाली तथा भारतीय गरी ५०० जना कामदारले काम गरिरहेका छन् ।

पुरा पढ्नुहोस्

‘एमाले सबैलाई मिलाएर अघि बढ्न चाहन्छ’

रासस: 2010-10-02 13:50:34

nepal हेटौँडा, १६ असोज : प्रधानमन्त्री माधवकुमार नेपालले नेपाली काँग्रेसलाई बेवास्ता गरेर नेकपा (एमाले) अघि नबढ्ने बताएका छन् । शनिवार बिहान प्रेस चौतारी नेपाल मकवानपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रधानमन्त्री नेपालले एमाले काँग्रेसलाई मात्र होइन, माओवादी, मधेसवादी तथा साना दलहरु सबैलाई मिलाएर अघि बढ्न चाहन्छ ।’ सहमतिको राजनीतिको विकल्प नभएको उल्लेख गर्दै उनले राजतीतिक जटिलताको सहज निकासका लागि सकारात्मक पहल भइरहेको बताए ।

पुरा पढ्नुहोस्

टिस्टुङमा दुर्घटना, एकको मृत्यु

मेचीकाली : 2010-09-25 08:49:48

हेटौँडा, ९ असोज : त्रिभुवन राजपथको टिस्टुङमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।    टिस्टुङबाट हेटौडातर्फ आइरहेको ट्याक्सी दुर्घटना हुँदा मकवानपुरको वज्रबाराही गाउँ विकास समितिका मीनबहादुर बलामीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्याक्सीमा सवार तीनजना सामान्य घाइते भएका छन् । उनीहरुको पालुङस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

पुरा पढ्नुहोस्

बस र ट्रक ठोक्किँदा ३२ घाईते

मेचीकाली : 2010-09-24 08:29:26

११ को अवस्था गम्भिर
मकवानपुर, ८ असोज :
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी-७ ज्यामिरेमा यात्रुबाहक बस र ट्रक एकआपसमा ठोक्किदा ३२ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट इटहरी जाँदै गरेको ना ४ ख ११०६ नम्बरको बस र हेटौडाबाट नारायणगढ आउँदै गरेको ६९३१ नम्बरको ट्रक विहिबार राति ठोक्किएका हुन् । घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ । घाइते सबैको चितवन र मकवानपुरको अस्पतालमा उपचार भइरहेको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -पत्रकारलाई नछाड्नेधम्की

आङकाजी शेर्पाले पत्रकारलाई नछाड्ने धम्की दिएपछि रिपोर्टस् क्लबमा देखिएको दृश्य

थप भिडियोहरु