हेटौंडा, २० पुस : नेकपा एमालेको पार्टी सुदृढीकरणका लागि तीन महिने जनपरिचालन अभियानको नारायणी अन्चलमा अन्चल भेला गरेर आजबाट औपचारिक रुपमा सुरु हुदैछ । नारायणी अन्चलको हेटौडामा आजदेखि सुरु हुने अभियानको नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले उद्घाटन गर्ने कार्यक्रम छ ।
मकवानपुर, ६ पुस : पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुृरको मनहरी ८ रजैयामा गएराति ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । चितवनबाट हेटौँडा आउँदै गरेको ट्रकले ठक्कर दिएपछि १३ वर्षीया विमला घलानको घटनास्थलमै मृत्युभएको हो ।ठक्कर दिने ट्रकको अहिलेसम्म पहिचान नभएको र खोजी जारी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
हेटौडा, १८ मंसिर : त्रिभुवनराज पथको भैंसे ४ चुनियामा दिउँसो बोलेरो जीप दुर्घट्ना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना गम्भिर घाईते भएका छन् । काठमाण्डूबाट हेटौडातर्फ आउदै गरेको ना १ ज २५३७ नम्वरको जीप सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको भैंसै प्रहरी चौकीका सहायक प्रहरी निरिक्षक बिनोद देवकोटाले जानकारी दिनुभयो ।
मकवानपुर, १४ मंसिर : मकवानपुर कारागारमा कैदीहरुबीच कारागारमा टेलिफोन जडान गर्ने विषयमा झडप भएको छ । झडपका क्रममा १२ जना कैदी घाइते भएका छन् । घाइते मध्ये ७ को अवस्था गम्भिर रहेको छ । घाइतेहरुको हेटौडा अस्पतालमा उपचार भैरहेको छ । प्रहरी उपरिक्षक श्याम खड्काले टेलिफोन जडानका विषयमा झडप भएको र अहिले स्थिति नियन्त्रण लिएको बताउनुभयो ।
हेटौंडा, ४ मंसिर : मकवानपुर जिल्ला अदालतले स्थानीय छतिवन गाविस–९ बस्ने सेतेमान वल लामा, राजेन्द्र मोक्तान, चेतबहादुर मोक्तान र गणेश ग्याल्बा लामालाई स्थानीय एक विवाहिता महिनामाथि यौन दुराचार गरी हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले सो आदेश दिएको हो ।