पर्सा, ३ असार : पर्सामा चट्याङ लागेर आज बिहान चारजनाको मृत्यू भएको छ । जिल्लाको बैरियावीर्ता वडा नम्बर–६ स्थित भिखर मियाँको खलिहानमा पानीका कारण लुकेर बसेका ५ मध्ये ४ जनाको चट्याङ लागेर मृत्यृ भएको छ ।
वीरगन्ज, ३० जेठ : केही दिनदेखि तराईमा बढ्दो गर्मीका कारण यहाँ विद्युतीय उपकरण (पङ्खा, फ्रिज, कुलर, एसी) को माग ह्वातै बढेको छ । चर्को घाम र सुख्खा हावाका कारण विगत केही दिनयतादेखि तराईका जिल्लामा अत्यधिक गर्मी बढेको छ । गर्मीबाट बच्नका लागि चिस्याउने सामग्रीको किनमेल गर्न यतिखेर वीरगन्जका विद्युतीय पसलमा भीड बढ्दै गएको छ ।
वीरगन्ज, २० जेठ : प्रहरीले वीरगन्ज–१९ नगवास्थित होटल बाबामा सञ्चालित क्यासिनोमा प्रहरीले छापामारी गरी दुई नेपालीलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ताले गएराति सो होटलमा छापामारी लाखाँै रुपैयाँको जुवा खेलिरहेका उनीहरूलाई पक्राउ गरेको हो ।
वीरगन्ज, १९ जेठ : पर्साको महादेवपट्टी गाविस वडा नम्बर–३ निवासी अयोध्या शुक्लाकी १९ वर्षीया छोरी रिमाले आत्महत्या गरेकी छिन् । गएराति झुण्डिएर उनले आत्महत्या गरेको परिवारका सदस्यहरूले बताएका छन् । उनको केही दिनमै विवाह हुने कार्यक्रम रहेको थियो । उनले आत्महत्या गर्नुको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ ।
वीरगन्ज), १६ जेठ : वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले अपहरणमा संलग्न भएको अभियोगमा चारजनालाई पक्राउ गरेको छ । दुईजना भारतीय नागरिकसहित चारजनालाई गएराति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्सा भवानीपुरका विजय पटेल र सोही गाउँका राजेन्द्र पटेल तथा भारतीय नागरिक रक्सौल बस्ने ओम प्रकाश सहनी र गोपाल पटेल रहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक गणेश चन्दले जानकारी दिनुभयो ।