वीरगञ्ज, २ जेठ : बृहत मधेसी मोर्चाले आह्वान गरेको एकदिने तराई बन्दको क्रममा आज बिहान पर्सामा झडप भएको छ । पर्साको डाइपोर्टमा रहेको ना३ख ४३४८ नम्बरको ट्रकलाई बन्द आह्वानकर्ताले तोडफोड गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । सो क्रममा आफ्ना केही कार्यकर्ता घाइते भएका फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताउनुभयो ।
वीरगञ्ज, ३० वैशाख : वीरगञ्जस्थित मुलुककै प्रमुख भन्सार नाकामा अबरोध श्रृजना हुँदा करोडौंको राजश्व गुमेको छ । वीरगञ्जमा प्रादेशिक राजधानी बनाउन माग गर्दै सर्वपक्षीय संघर्ष समितिले आज भन्सार नाका ठप्प बनाए पछि राजश्व गुमेको हो । राजश्व गुम्दा राज्यलाई उल्लेख्य नोक्सानी भएको छ ।
वीरगञ्ज, २४ वैशाख : जन प्रजातान्त्रिक पार्टीको को आमसभालाई लक्षित गरी वीरगन्जमा अपराह्न विष्फोट गराइएको छ । वीरगन्जको घन्टाघर अगाडि भइरहेको आमसभा नजिकै करिब २ बजेको समयमा ठूलो आवाज सहित विष्फोट भएको प्रहरीले जनाएको छ ।
वीरगञ्ज, ८ वैशाख : सङ्घीय सद्भावना पार्टीको पहिलो महाधिवेशन आजदेखि वीरगन्जमा सुरु हुँदैछ । मुलुक र जनताको समृद्धिका लागि लिएको सङ्घीयताको आदर्शलाई अधिवेशनमा विवेचना गरी पार्टीबाट विभिन्न कारणले अलग भएका साना दललाई एकाग्र गर्ने बारेमा महाधिवेशनमा छलफल हुने बताइएको छ ।
पर्सा, २२ चैत : आपूर्ति मन्त्री लेखराज भट्टले राजनीतिक संक्रमणकालका कारण आपूर्तिमा प्रणालीमा समस्या आएको तर्क गर्नुभएको छ । बीरगंज पेट्रोलियम डिलर्स एशोसिएसनको कार्यालय भवनको आज उद्घाटन गर्दै उहांले संक्रमणकाल र पुरानो सोचका कारण उत्पन्न समस्या समाधान हुन समय लाग्ने बताउनुभयो ।