वीरगञ्ज, ७ चैत : नेपाली कंग्रेस मध्यमान्चलका जिल्लास्तरिय कार्यकर्ताले पार्टीलाई संघियताको सन्दर्भमा जातियता बिनाका बढीमा सात राज्यको नीति लिन नेतृत्वलाई सुझाव दिएका छन् । पहाड र तराईमा तीन/तीन वा पहाडमा तीन तथा तराईमा चार राज्य हुनुपर्ने उनीहरुको भनाइ छ ।
पर्सा, २१ फागुन : नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले एकीकृत नेकपा (माओवादी)ले जनवादी संविधान ल्याउन खोजेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियनले आईतबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले माओवादीका कारण नै संविधान लेखन र शान्ति प्रक्रियाले गति लिन नसकेको दाबी गरे । माओवादीले जारी गर्ने भनेको जनवादी संविधान नेपालका लागि स्वीकार्य नहुने उनले बताए ।
वीरगञ्ज, १७ फागुन : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमाले ४७ सालकै संबिधान ब्युताउन लागि परेको आरोप लगाउनुभएको छ । पर्साको सुर्वणपुरमा बनाउन लागिएको सहिद स्मारक उद्घाटनमा अध्यक्ष प्रचण्डले आफू शान्ति प्रक्रियाप्रति जति लचिलो भए पनि अरु राजनीतिक दलहरुले शंका मात्रै गरिरहेको बताउनुभयो ।
वीरगन्ज, १४ फागुन : नेपाल विद्युत प्राधिकरणले वीरगन्जसहित यसक्षेत्रमा दैनिक १० घण्टाका दरले विद्युत कटौती गर्न थालेपछि इन्भटरको कारोबारमा बढेको छ । लोडसेडिङका कारण इन्भटरको माग बढेको वीरगन्जको माइस्थानमा रहेको सन्दीप हार्डवयरका सञ्चालक सन्दीप मिश्रले बताउनुभयो । उहाँले अहिले दैनिक रु ४० हजारका इन्भटर बिक्री भइरहेको जानकारी दिनुभयो ।