पर्सा, २६ भदौ
सरकारले सुनको आयातमा पूर्णरूपले प्रतिबन्ध लगाएपछि
सीमा क्षेत्रमा भारतीय रुपियाँको अभाव झनै बढेर गएको व्यवसायीले बताएका छन्
। सुनको आयातमा सरकारले पूर्णरूपले प्रतिबन्ध लगाएपछि सीमा क्षेत्रमा
सुनको अवैध कारोबार बढेको छ । भारतीय बजारमा अवैधरूपमा सुन तस्करी भई आउन
थालेपछि सुन खरिद गर्नका लागि ठूलै परिमाणमा भारतीय मुद्राको आवश्यकता
पर्ने भएकाले सुनको सँगसँगै भारतीय रुपियाँको कालोबजारी पनि बढेर गएको
सुनचाँदी व्यवसायी सङ्घ पर्साका सचिव अमरराज भण्डारीले बताए ।
वीरगञ्ज–नेपाल कमोडिटी डेरिभेटिभ
अन्तर्गतको वीरगन्ज आदर्शनगरमा रहेको साइ सेयर एण्ड कमोडिटी सर्भिस
प्रालिले शनिबारबाट वीरगन्जमा पनि सेयरको अनलाइन कारोबार सुरु गरेको छ ।
शनिबार वीरगन्जमा पत्रकार सम्मेलन गरी सो सर्भिसले यहाँका उद्योगी
व्यवसायी तथा सर्वसाधारणलाई ध्यानमा राखेर अनलाइन सेयरको काराबार सुरु
गरेको जनाएको हो । सर्भिसका कार्यकारी प्रमुख अजयकुमार श्रीवास्तवले नेपाल
डेरिभेटिभको एक्सचेन्ज ट्रेडिङ्ग सदस्यको रूपमा आफूहरूले वीरगन्जबाट
सेयरको अनलाइन कारोबार सुरु गरेको जानकारी दिए ।
वीरगन्ज, १८ भदौ
हुनेखाने
केटासँग बिहे गरेकी पर्सा विरुवागुठी–२ की कल्पना श्रेष्ठ (नाम परिवर्तन)
ले फुर्सदिलो र बेरोजगार पतिलाई वैदेशिक रोजगारमा पठाउने सुरमा थिइन् ।
घरबाट पहल नभएपछि उनले माइतीलाई गुहारिन् । माइतीले छोरीको त्यो आग्रहलाई
स्वीकार गरेर ज्वाइँलाई विदेश पठाउने निधो गर्यो । विदेश पठाउने प्रक्रिया
चलिरहेको बेला कल्पनालाई एक दिन आमाको फोन आयो, ज्वाइँलाई लिएर आउनु ।
अभिभावकले मेडिकल जाँचमा ज्वाइँको रगतमा खराबी देख्यो भनेपछि कल्पनाको सपना
टुक्रियो । पतिमा एचआइभी पोजेटिभ देखिएको खबर फैलिएपछि उनी समाजबाट
एक्लिइन् ।
वीरगन्ज, ७ भदौ
नेपाली काङ्ग्रेस पर्साको स्थगित भएको क्षेत्रीय अधिवेशन भदौ
११ र १२ गते हुने भएको छ । ११ गते
उम्मेदवारको मनोनयन दर्ता र १२ गते मतदान हुने नेपाली काङ्ग्रेसका पूर्व
वीरगन्ज नगर सभापति अरविन्द गुप्ताले जानकारी दिए । यसअघि साउन २५ गते नै
क्षेत्रीय अधिवेशन हुने तय भए पनि क्षेत्र नम्बर ५
मा प्रतिनिधि छनौटको विषयलाई लिएर विवाद भएपछि अधिवेशन हुन सकेको थिएन ।
वीरगन्ज, ३ भदौ
वीरगन्ज भन्सार नाकाबाट आद्यौगिक उत्पादनको निकासी घटेपनि समग्रमा निर्यात
व्यापार बढेको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार, यस नाकाबाट उच्च
निकासी हुने प्रमुख १० वटै वस्तुको निर्यात अघिल्लो आर्थिक वर्ष २०६५/०६६
को तुलनामा गतवर्ष घटेको हो । आद्यौगिक उत्पादनको निकासी घटे पनि कृषिजन्य
उत्पादनको निकासी बढी हुँदा समग्रमा निकासी व्यापार बढेको हो वीरगन्ज
भन्सार कार्यालयका सूचना अधिकृत हरिहर पौडेलले भने –‘‘गतवर्ष यस नाकाबाट ८०
करोडभन्दा बढीको कृषिजन्य उत्पादन निकासी भएको छ ।”